धितोपत्र बजारमा १२.१५ अंकको वृद्धि, नेप्से परिसूचक ३१२३.२४ को विन्दुमा



ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव १५ अंकले बढेर ३१२३ दशमलव २४ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक शुन्य दशमलव ७१ अंकले बढेर ५७८ दशमलव २३ को विन्दुमा पुगेको छ ।


आज कूल २२५ कम्पनीका २ करोड ८८ लाख १३ हजार ८३१ कित्ता शेयर रु १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार २७१ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूह मध्ये सात उपसमूहको शेयर ऒरालो लागेको छ । बैंकिङ उपसमूह ४ दशमलव २९ अङ्कले बढ्दा विकास बैंक उपसमूह ६५ दशमलव ८५ अङ्कले, जलविद्युत १९४.०७ अङ्कले, वित्त उपसमूह ४५.०५ अङ्कले, उत्पादन उपसमूह २७.८४ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव ३४ अङ्कले बढेको छ । यता, ट्रेडिङ उपसमूह ६० अङ्कले घट्दा होटल तथा पर्यटन उपसमूह ७ दशमलव ७७ अङ्कले, निर्जीवन बीमा ८२.९८ अङ्कले, अन्य उपसमूह २१.०१ अङ्कले, लघुवित्त उपसमूह १२६.३३ अङ्कले, जीवन बीमा २.७५ अङ्कले र सामूहिक लागनी कोष शुन्य दशमलव ८३ अङ्कले घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x