नेप्सेमा सारथी नेपाल लघुवित्तको हकप्रद सूचीकृत

ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मंगलबार, अषाढ ८ गतेका दिन सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको हकप्रद शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्जमा मंगलबार सारथी नेपाल लघुवित्त वित्तीय संस्थाको कुल ४ हजार १९९ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।


सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड ले आफ्ना शेयरधनीहरु माझ हकप्रद बिक्री गर्दा पर्याप्त आवेदन नपरेको हकप्रद लिलामीमा ल्याएको थियो । लघुवित्तको सोहि हकप्रद शेयर नेप्सेमा मंगलबार सूचीकृत भएको हो।

शेयरधनीको डिम्याट खातामा आएपछि उक्त हकप्रद शेयर दोस्रो बजारमा खरिद बिक्री गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x