सगरमाथा इन्स्योरेन्सले ११.५७८९ प्रतिशत लाभांश वितरण गर्ने


ज्ञानमाण्डू।सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७८ साल जेठ ४ गते, मंगलबारका दिन अपरान्ह ३:१५ वजे बसेको सञ्चालक समितिको ३०० औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७६/०७७ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको जम्मा ११ दशमलव ५७८९ प्रतिशतले हुन आउने रकम लाभांश स्वरूप आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव गरेको छ ।

इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले आ. व. २०७६/०७७ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ११ प्रतिशतले हुन आउने रकम रकम बराबरको बोनस शेयर र ०.५७८९ प्रतिशतले हुन आउने रकम नगद लाभांश(बोनश शेयरमा लाग्ने कर समेत) आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।  प्रस्तावित लाभांश गत वर्षको तुलनामा घटेको हो । गत आर्थिक वर्ष सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले ८६ प्रतिशतले हुन आउने बोनस शेयर लाभांश स्वरूप आफ्ना शेयरधनीहरुलाई वितरण गरेको थियो ।

प्रस्तावित लाभांश नियामक निकाय बिमा समिति र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले पाउने सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले जानकारी दिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x