भोजपुरमा पहिलोपटक कोभिड–१९ अस्पताल सञ्चालनमा

भोजपुर, भोजपुरको पौवादुङमा गाउँपालिकाले जिल्लामा नै पहिलोपटक कोभिड–१९ अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ । 

गाउँपालिकाले आवश्यक सुविधा सम्पन्न पाँच शय्याको कोभिड अस्पताल सञ्चालनमा ल्याएको हो । 

जिल्लाका नौवटा स्थानीय तहमध्ये पौवादुङमा गाउँपालिकाले पहिलोपटक कोभिड–१९ अस्थायी अस्पताल सञ्चालनमा ल्याएसँगै स्थानीयवासी हर्षित भएका छन् । ‘हाम्रो स्थानीय सरकारले कोरोना भाइरस सङ्क्रमितको उपचारका लागि छुट्टै अस्पताल निर्माण गरेकोमा हामी धेरै नै हर्षित छौँ,’ स्थानीयबासी विष्णु भट्टराईले भन्नुभयो, ‘अब हामीलाई स्वास्थ्य सेवा लिनका लागि धेरै सहज भएको छ ।” 

केन्द्र सरकारको निर्देशनानुसार अस्पताल निर्माण गरेको गाउँपालिकाले जनाएको छ । केन्द्रबाट आएको १० लाख रुपैयाँमा गाउँपालिकाले समेत लगानी गरेर अस्पताल निर्माण गरेको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । अस्पताल निर्माणले कोरोना भाइरस सङ्क्रमितसँगै गर्भवती महिला, वालबालिका, वृद्धावृद्धालाई समेत सहजता भएको गाउँपालिकाका उपध्यक्ष सम्झना राईले बताउनुभयो । 

अस्पतालबाट भिडियो एक्सरे, रगत जाँच, ल्याबलगायत सेवासुविधा पाउने बताइएको छ । त्यस्तै, सबै बेडमा अक्सिजन रहेको अस्पतालका डा. कैलाश विश्कर्माले जानकारी दिनुभयो । अस्पतालमा मेडिकल अफिसरसहितको टोलीले स्थानीयवासीलाई सेवा प्रदान गर्ने उहाँले बताउनुभयो । 

अस्पताल निर्माणले कोरोना भाइरस सङ्क्रमितको उपचारमा थप सहज हुने जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ । प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले भन्नुभयो, ‘‘अस्पतालमा अक्सिजनलगायत आवश्यक सुविधा नहँुदा कोभिड–१९ का विरामीको उपचारमा समस्या देखिएको थियो, आवश्यक उपकरण र अक्सिजन सेवासहित अस्पताल निर्माण भएपछि अब हामीलाई व्यवस्थापनमा सहजता आउनेछ ।’’ रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x