नेप्से सामान्य अंकले बढ्दा ७ अर्ब बढीको कारोबार, एक दर्जनभन्दा बढी कम्पनीमा सकारात्मक सर्किट


ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । साताको अन्तिम कारोबारी दिन नेप्से परिसूचक १० दशमलव १३ अङ्कले बढेर २६८४ दशमलव ०१ को विन्दुमा कायम भएको छ । नेप्से परिसूचक शून्य दशमलव ३८ प्रतिशतले उकालो लाग्दा आज एक दर्जनभन्दा बढी कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस्तै, सेन्सेटिभ परिसूचक १ दशमलव १२ अङ्कले बढेर ४७९ दशमलव ५० को विन्दुमा पुगेको छ ।


आज कूल २१८ कम्पनीका २ करोड १९ लाख ५५ हजार ९४३ कित्ता शेयर रु ७ अर्ब १२ करोड ६८ लाख ८५ हजार २८० मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूह मध्ये चार उपसमूहको शेयर ओरालो लागेको छ । आज ट्रेडिङ उपसमूह २३ दशमलव ८६ अङ्कले घट्दा होटल तथा पर्यटन उपसमूह १९ दशमलव ३५ अङ्कले, उत्पादन उपसमूह १८ दशमलव १३ अङ्कले र लगानी उपसमूह शून्य दशमलव ४ अङ्कले घटेको छ ।


कारोबारको आधारमा आज नेपाल पुनर्बिमा कम्पनी लिमिटेड शीर्ष स्थानमा रहेको छ । आज नेपाल पुनर्बिमा कम्पनी लिमिटेडको ४९ करोड ४ लाख रुपैयाँ माथिको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मूल्य धितोपत्र बजारमा आज २ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको २५ करोड ६७ लाख रुपैयाँ माथिको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मूल्य धितोपत्र बजारमा आज ६ दशमलव ५५ प्रतिशतले वृद्धि भएको छ ।

यता आरुण काबेली पावर लिमिटेडको २१ करोड ६० लाख रुपैयाँ माथिको शेयर कारोबार भएको छ । त्यसै गरी, हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको १९ करोड १४ लाख रुपैयाँ माथिको र नेपाल इन्भेष्टमेन्ट बैङ्क लिमिटेडको १८ करोड ३४ लाख माथिको शेयर कारोबार भएको छ। नेपाल इन्भेष्टमेन्ट बैङ्क लिमिटेडको शेयर मूल्य धितोपत्र बजारमा आज १ दशमलव ५५ प्रतिशतले वृद्धि भएको छ ।


नेप्से परिसूचक शून्य दशमलव ३८ प्रतिशतले उकालो लाग्दा आज एक दर्जनभन्दा बढी कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज समता लघुवित्त वित्तीय संस्था लिमिटेड र दिब्यश्वरी हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले आज सर्वाधिक कमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले समान १० प्रतिशतका दरले कमाएका छन् ।

त्यसै गरी, विशाल बजार कम्पनी लिमिटेडका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् भने रुरु जलविद्युत परियोजना लिमिटेडका लगानीकर्ताले ९ दशमलव ८९ प्रतिशतका दरले कमाएका छन्। यता, सांग्रिला डेभेलपमेन्ट बैङ्क लिमिटेडका लगानीकर्ताले ९ दशमलव ७९ प्रतिशतका दरले, प्रोग्रेशिभ फाइनान्स लिमिटेड र जोशी हाइड्रोपावर डेभेलपमेन्ट कम्पनी लिमिटेडका लगानीकर्ताले समान ९ दशमलव ७८ प्रतिशतका दरले, समृद्धि फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले ९ दशमलव ७३ प्रतिशतका दरले, अरुणखोला जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले ९ दशमलव ६३ प्रतिशतका दरले, खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले ९ दशमलव ६० प्रतिशतका दरले, बेष्ट फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले ९ दशमलव ५७ प्रतिशतका दरले, युनियन हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ९ दशमलव ५५ प्रतिशतका दरले कमाएका छन्।

आज विकास बैङ्क उपसमूह २ दशमलव ५१ प्रतिशतले र जलविद्युत उपसमूह १ दशमलव ४१ प्रतिशतले वृद्धि भएको छ। यता, वित्त उपसमूह ४ दशमलव ६८ प्रतिशतले वृद्धि भएको छ।


आज रिडी हाइड्रोपावर डेभेलपमेन्ट कम्पनी लिमिटेडका लगानीकर्ताले अधिकतम गुमाएका छन् । सो कम्पनीका लगानीकर्ताले २ दशमलव ०९ प्रतिशतका दरले गुमाएका छन् । यता, राष्ट्रिय बिमा कम्पनी लिमिटेडका लगानीकर्ताले १ दशमलव ९९ प्रतिशतका दरले गुमाएका छन् भने छ्याङ्दी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले १ दशमलव ९८ प्रतिशतका दरले गुमाएका छन्। त्यस्तै, सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले १ दशमलव ९५ प्रतिशतका दरले गुमाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x