नेपाल बंगलादेश बैंककाे नाफामा ६३.०२ प्रतिशतकाे वृद्धि, लाभांश दिन सक्ने क्षमता कति ?

ज्ञानमाण्डू। नेपाल बंगलादेश बैंकको नाफा ६३.०२ प्रतिशतले बढेकाे छ । आ.व. २०७६/७७ को तेस्राे त्रैमास सम्ममा बैङ्कले १ अर्ब ५० लाख १० हजार रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को तेस्राे त्रैमास सम्ममा बैंकले १ अर्ब ६३ कराेड ८४ लाख १० हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।

९ अर्ब ४८ लाख २१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको नेपाल बंगलादेश बैंकले ७३ अर्ब २९ करोड १० लाख ५७ हजार रुपैयाँ निक्षेप संकलन गरी ६६ अर्ब २७ करोड १८ लाख ९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ४ अर्ब ७८ करोड ३९ लाख २४ हजार रुपैयाँ र संचित मुनाफा १ अर्ब ११ कराेड ८ लाख ५८ हजार रूपैयाँ रहेको छ ।


बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ७.३५ प्रतिशतले घटेर १ अर्ब ९८ करोड ३५ लाख ९७ हजार रुपैयाँ पुगेकाे छ ।

त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा ९८ कराेड ३२ लाख २९ हजार रुपैयाँ रहेकाे छ । उक्त वितरण याेग्य मुनाफालाई वार्षिक करण गर्दा नेपाल बंगलादेश बैंकले आफ्ना शेयरधनिहरूलाई १४ प्रतिशत सम्म लाभांश दिन सक्ने क्षमता बनाएकाे देखिन्छ। 

बैंककाे निष्कृय कर्जा अनुपात १.९१ प्रतिशत, प्रतिशेयर आम्दानी २४ रुपैयाँ २६ पैसा छ भने प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ ४६ पैसा र मूल्य आम्दानी अनुपात १६.१६ गुणा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x