अजोड इन्सुरेन्सको ५०% हकप्रद प्रस्ताव स्थगित


ज्ञानमाण्डू।अजोड इन्स्योरेन्स लिमिटेडको हकप्रद शेयर निष्काशन गर्ने सूचना सार्वजनिक हुनु अघि नै धितोपत्र बजारमा वृद्धि भएको अजोड इन्सुरेन्सको शेयर मूल्यका सम्बन्धमा उक्त कम्पनीले इन्साइडर ट्रेडिङ (भित्री कारोबार) गरे नगरेको छानबिन गरी वास्तविकता पत्ता लगाउन धितोपत्र बोर्डले २०७७ साल चैत २३ गते उप-समिति गठन गरेको एक पत्राचार मार्फत जानकार गराएको थियो।

नेप्सेले मिति २०७७ साल चैत १९ को पत्र मार्फत् अजोड इन्स्योरेन्स लिमिटेडको हकप्रद शेयर निष्काशन गर्ने सूचना प्रकाशन गर्नु अघि नै मिति २०७७ साल चैत १६ गतेका दिन भएको उक्त कम्पनीको धितोपत्र कारोबारमा १० प्रतिशतको वृद्धि भई सर्किट लागेको भनि सो कारोबार सम्बन्धी विवरण धितोपत्र बोर्डमा पेश गरेको थियो ।

उक्त सम्बन्धमा अजोड इन्स्योरेन्स लिमिटेडको मिति २०७७ साल चैत २५ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार हाल कायम रहेको कम्पनीको चुक्ता पूँजीको ५० प्रतिशत अर्थात प्रत्येक २ कित्ता शेयर वरावर १ कित्ताको दरले हकप्रद शेयर जारी गर्ने प्रस्ताव हाल स्थगन भएको छ।

अजोड इन्सुरेन्सले चैत १७ गते ५० प्रतिशत हकप्रद निष्कासन गर्ने विशेष प्रस्तावसहित वैशाख ७ गते वार्षिक साधारण सभा बोलाउने सूचना जारी गरेको थियो । तर नियामक निकाय बिमा समितिसँग अनुमति नलिई हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव साधारण सभामा लैजान लागेपछि नियमनकारी निकाय बीमा समितिले उक्त एजेन्डा हटाउन निर्देशन दिए अनुरुप अजोड इन्स्योरेन्स लिमिटेडको मिति २०७७ साल चैत २५ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव हाल स्थगन भएको छ ।

यता, अजोड इन्स्योरेन्स लिमिटेडको हकप्रद शेयर निष्काशन गर्ने सूचना सार्वजनिक हुनु अघि नै धितोपत्र बजारमा वृद्धि भएको अजोड इन्सुरेन्सको शेयर मूल्यका सम्बन्धमा उक्त कम्पनीले इन्साइडर ट्रेडिङ (भित्री कारोबार) गरेको विषय पनि निकै चर्चामा रहेको छ।यद्यपि, उक्त कम्पनीले इन्साइडर ट्रेडिङ (भित्री कारोबार) गरेको अथवा नगरेको सत्य तथ्य भने आउन आझै बाँकी नै छ। 

उल्लेखित कारोबारका सम्बन्धमा थप अध्ययन अनुसन्धान गर्न नेपाल धितोपत्र बोर्डले २०७७ साल चैत २३ गते एक उप-समिति गठन गरी जाँचबुझ कार्य अगाडि बढाइसकेको तथा उक्त सम्बन्धमा कुनै भित्री कारोवार भएको पाइएमा नियमानुसार कारवाही अगाडि बढाइने नेपाल धितोपत्र बोर्डले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x