कर्णाली डेभलपमेन्ट बैंक पन्ध्रौँ र सोह्रौं वार्षिक साधारण सभा सम्पन्न


ज्ञानमाण्डू।कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले पन्ध्रौँ र सोह्रौं वार्षिक साधारण सभा फागुन २१ गते, शुक्रबार नेपालगन्जमा स्थित मेरो प्लानेटमा सम्पन्न भएको बैंकले जानकारी दिएको छ । बैंकको सो सभा बिहान १०:०० बजे देखि दिउसो अपरान्ह २:०० बजे सम्म संचालन भएको बैंकले जनाएको छ। कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभाको मिति तय भएको हो ।

कम्पनीको वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिने छ । यसका साथै आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गरिने एजेण्डा कम्पनीको रहेको छ । कम्पनीले आव २०७५/७६ को लागि लेखापरिक्षकको नियुत्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिने लगायतका एजेण्डा कम्पनीको रहेको छ ।

यस्तै, बैंकको पन्ध्रौँ र सोह्रौं वार्षिक साधारण सभामा बैंकको कार्यक्षेत्र विस्तार गर्नका लागि प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक  संशोधन गर्ने एजेन्डा पनि कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको रहेको छ । त्यस्तै, सभामा संशोधन गरिएको प्रबन्धपत्र तथा नियमावलीमा नेपाल राष्ट्र बैंक लगायतका नियामक निकायबाट आवश्यक हेर फेर गर्नुपर्ने निर्देशन भएमा सोहि बमोजिम सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x