ज्योति लाइफको आईपीओमा ५ गुणा बढी आवेदन


ज्ञानमाण्डू।ज्योति लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि फागुन २१ गते देखि बिक्री खुला गरेको प्राथमिक शेयर (आईपीओ)मा सोमबार, फागुन २४ गते साँझ कार्यालय समय सम्ममा २ अर्ब ९८ करोड ७७ लाख ५४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।सीडीएसका अनुसार सोमबार साँझ कार्यालय समय, ५ बजेसम्ममा १३ लाख ७६ हजार ७६१ जनाले कुल २ करोड ९८ लाख ७७ हजार ५४० कित्ता प्राथमिक शेयरका लागि आवेदन दिएका छन् ।  

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक एनएमबि क्यापिटलका अनुसार आइतबार साँझ कार्यालय समय सम्ममा सर्वसाधारण लगानीकर्ताले कुल निष्काशन गरिएको ५९ लाख ४० हजार कित्ता प्राथमिक शेयरलाई आधार मान्दा, सो भन्दा ५ गुणा बढी शेयरको माग गरेका हुन् ।

ज्योति लाइफ इन्स्योरेन्स लिमिटेड कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले कुल जारी पूँजीको ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता प्राथमिक शेयर(आईपीओ) निष्काशनमा ल्याएको हो । त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता शेयर कम्पनीका कर्मचारी र अर्को ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता सामूहिक लागनीकोषका लागि सुरक्षित गरिएको कम्पनीले जनाएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी ५९ लाख ४० हजार कित्ता शेयर लागि आवेदन दिने सक्नेछन् ।

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओमा छिटोमा फागुन २६ गते आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओमा लगानीकर्ताहरुले आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालय तथा मेरो शेयर, अनलाइन मार्फत पनि प्राथमिक शेयर(आईपीओ)का लागि आवेदन दिन सक्नेछन् । कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

हाल कम्पनीको अधिकृत पूँजी ३ अर्ब, जारी पूँजी २ अर्ब २० करोड र चुक्ता पूँजी एक अर्ब ५४ करोड रुपैयाँ छ। सर्वसाधारणलाई आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x