एनएमबि लघुवित्तको नाफा १२ कराेड ७९ लाख

NMB Microfinance Bittiya Sanstha Limited

ज्ञानमाण्डू। एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ३५.६३ प्रतिशतले घटेकाे छ । आ.व. २०७७/७८ को चौथो त्रैमास सम्ममा लघुवित्तले १९ कराेड ८७ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को चौथो त्रैमास सम्ममा लघुवित्तले १२ कराेड ७९ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

६५ करोड ५८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको एनएमबि लघुवित्तले ५ अर्ब ७४ करोड ७३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, एनएमबि लघुवित्तले ३ अर्ब ३८ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा ३७ करोड ११ लाख रुपैयाँ रहेको छ।

एनएमबि लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ६.१६ प्रतिशतले घटेर ४४ करोड १३ लाख रुपैयाँ पुगेको छ । लघुवित्तमा निष्क्रिय कर्जा अनुपात ३.१८ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ५१ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ६० पैसा छ र पछिल्लाे काराेबार मूल्य रू ७५९ काे आधारमा मूल्य आम्दानी अनुपात ३८.९० गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x