परिणाम देखिने गरी काम गर्छौँ: वरिष्ठ उपाध्यक्ष ढकाल

 

ज्ञानमाण्डू। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको नयाँ नेतृत्वले परिणाम देखिने गरी काम गर्ने बताउनुभएको छ । 

धादिङ्ग उद्योग वाणिज्य संघको २७औँ वार्षिक साधारणसभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले महासंघको नयाँ नेतृत्व युवा र केही गरौं भन्ने हुटहुटीसहितको भएको र परिणाम देखिने गरी काम हुने बताउनुभएको छ । 

 

“नयाँ नेतृत्व आइसकेपछि नेतृत्वको पूर्णताका लागि अहिले विभिन्न विषयगत समितिहरु बन्नेक्रममा छन् । समितिहरुले पूर्णता पाएसँगै तपाई हामीले महशुस गर्ने गरी काम हुनेछन् । हामीले परिणाम देखिने गरी काम गर्नेछौं,” ढकालले भन्नुभयो । जिल्ला नगरका समस्याहरु लगभग एकै प्रकारका हुने बताउँदै उहाँले ति समस्याको समाधानमा महासंघको नेतृत्व जिम्मेवार भएर लाग्ने बताउनुभयो । 

 

देशभित्रै रोजगारी सृजना गर्न र बढीभन्दा बढी राजश्व संकलनका लागि तीनतहको सरकारको तर्फबाट व्यवसाय र व्यवसायीलाई सहजीकरण गर्नुपर्ने बताउँदै उहाँले रोजगारी र राजश्वको पहिलो लाभग्राही स्थानीयतहहरु भएकोले स्थानीय तहले लगानीमैत्री वातावरण बनाउन विशेष पहल गर्नुपर्ने बताउनुभयो । “मुलुकभित्र रोजगारी सृजना गर्ने, राजश्व उठाउन सहयोग गर्ने जुनसुकै असल व्यवसायलाई सबै तहका सरकारहरुले सहजीकरण गर्नुपर्छ । यसको प्रत्यक्ष र पहिलो लाभग्राहीको हिसाबले पनि स्थानीय सरकारहरुको भूमिका अहम् रहन्छ,” उहाँले भन्नुभयो । 

 

ग्लोबल आइएमई बैंकका अध्यक्ष समेत रहनुभएका ढकालले महासंघको तर्फबाट मात्र नभई एउटा बैंकको अध्यक्षको हैसियतमा पनि आफूले स्थानीय कृषकहरुलाई बिना धितो कर्जा प्रवाह गर्न आफूँहरु तयार रहेको बताउनुभएको छ । “हामीले बिना धितो कृषकहरुलाई कर्जा प्रवाह सुरु गरिसकेका छौं । धादिङ्ग त राजधानीसँग जोडिएको छ । हामीले दुरदराजका किसानहरुलाई सामुहिक जमानीमा कर्जा दिन सुरुगरिसकेका छौं । स्थानीय निकायको तर्फबाट सहजीकरण गरेमा धादिङ्गमा पनि बिना धितो साना किसानहरुलाई कर्जा उपलब्ध गराउन मैले सहयोग गर्नेछु,” उहाँले भन्नुभयो । 

 

धादिङ्ग जिल्लाको तरकारी उत्पादनलाई भण्डारण गर्नका लागि कोण्डस्टोर बनाउन स्थानीय सरकार तथा व्यवसायीहरुले ५० प्रतिशत रकम जुटाएर आएमा महासंघको तर्फबाट बाँकी रकम जुटाउन आफूले पहल लिने प्रतिवद्धता जाहेर गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x