प्राइम कमर्सियल बैंकको नाफा १ अर्ब १ करोड, नाफामा ५४.२४ प्रतिशतकाे वृद्धि

ज्ञानमाण्डू। प्राइम कमर्सियल बैंकको नाफा ५४.२४ प्रतिशतले बढेकाे छ । आ.व. २०७६/७७ को पहिलाे त्रैमास सम्ममा बैङ्कले ६५ करोड ९७ लाख ६८ हजार रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को पहिलाे त्रैमास सम्ममा बैंकले १ अर्ब १ करोड ७६ लाख ३५ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।


१३ अर्ब ९८ करोड ५२ लाख ५० हजार रुपैयाँ चुक्ता पुँजी रहेको प्राइम कमर्सियल बैंकले १ खर्ब २४ अर्ब ५० करोड ८४ लाख ४९ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १३ अर्ब ४४ करोड ७२ लाख ९६ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ५ अर्ब ४६ करोड ६५ लाख ४४ हजार रुपैयाँ र संचित मुनाफा २ अर्ब १२ कराेड ७ लाख ७७ हजार रूपैयाँ रहेको छ ।

As on  30th Ashoj 2077 BS

विवरण
प्रथम त्रैमास २०७७/७८ 
(रू हजारमा)
चुक्ता पुँजी
रू १३,९८,५२,५०
निक्षेप संकलन
रू १,२४,५०,८४,४९
कर्जा लगानी
रू १,१३,४४,७२,९६
खुद ब्याज आम्दानी
रू १,५५,०८,३७
नाफा/(नाेक्सान)
रू १,०१,७६,३५
जगेडा कोष
रू ५,४६,६५,४४
संचित मुनाफा
रू २,१२,०७,७७
निष्कृय कर्जा
१.३७%
प्रतिशेयर आम्दानी
२९ रुपैयाँ ११ पैसा
प्रतिशेयर नेटवर्थ
१५४ रुपैयाँ २६ पैसा
आम्दानी अनुपात
९.८६ गुणा

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ४६.२४ प्रतिशतले बढेर १ अर्ब ५५ करोड ८ लाख ३७ हजार रुपैयाँ पुगेकाे छ ।

त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा ३३ कराेड ८४ लाख ४७ हजार रुपैयाँ र निष्कृय कर्जा अनुपात १.३७ प्रतिशत छ । बैङ्कको प्रतिशेयर आम्दानी २९ रुपैयाँ ११ पैसा छ भने प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ २६ पैसा छ र मूल्य आम्दानी अनुपात ९.८६ गुणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x