नेपाल एसबिआई बैंकको नाफा १ अर्ब ६३ करोड, लाभांश दिन सक्ने क्षमता कति ?

Nepal SBI Bank Limited

ज्ञानमाण्डू। नेपाल एसबिआई बैँकको नाफा ७० प्रतिशतले बढेको छ । आ.व. २०७७/७८ को चाैथाे त्रैमास सम्ममा बैङ्कले ९६ करोड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को चाैथाे त्रैमास सम्ममा बैङ्कले १ अर्ब ६३ करोड रुपैयाँ नाफा कमाएको देखिन्छ ।

९ अर्ब ८२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको नेपाल एसबिआई बैंकले १ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब ५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने बैङ्ककाे जगेडा कोषमा ५ अर्ब ८३ करोड रुपैयाँ र सञ्चित मुनाफा १ अर्ब ४४ करोड रुपैयाँ रहेको छ ।

बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ५३.८४ प्रतिशतले बढेर ४ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैङ्ककाे वितरण योग्य मुनाफा १ अर्ब ४४ करोड रुपैयाँ रहेको छ । उक्त वितरण योग्य मुनाफाकाे आधारमा नेपाल यस एसबिआई बैङ्कले आफ्ना शेयरधनिहरूलाई १४.७४ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएको देखिन्छ।

बैङ्कको निष्क्रिय कर्जा अनुपात ०.१५ प्रतिशत र प्रतिशेयर आम्दानी १६ रुपैयाँ ६७ पैसा छ भने प्रतिशेयर नेटवर्थ १७४ रुपैयाँ ३५ पैसा छ र पछिल्लाे काराेबार मूल्य रू ३१४ काे आधारमा मूल्य आम्दानी अनुपात १८.८३ गुणा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x