ब्राजिलमा कोभिड संक्रमणबाट १ लाख ३१ हजारभन्दा बढीको मृत्यु

ज्ञानमाण्डू।ब्राजिलमा सोमबार बिहानसम्म कोरोना भाइरसका सङ्क्रमणबाट १ लाख ३१ हजार ६२५ जनाको ज्यान गएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । सो मन्त्रालयका अनुसार यहाँ गएको हप्तादिनमा मात्र ४ हजार जनाको ज्यान गएको छ ।

उक्त मन्त्रालयका अनुसार यहाँ यो संक्रमणबाट गएको २४ घन्टामा ४१५ जनाको ज्यान गएको छ । यो सँगै यहाँ १ लाख ३१ हजार ६६३ जनाको ज्यान गएको हो ।ब्राजिलमा कोभिड १९ का सङ्क्रमितहरुको संख्या करिब ४३ लाखभन्दा बढी पुगेका छन् । सोमबारसम्मको तथ्यांकअनुसार यहाँको कोभिड १९ का संक्रमितहरुको जम्मा संख्या ४३ लाख ३० हजार ४६४ जना पुगेको बताइएको हो । 

गएको २४ घन्टा यता यहाँ यो सङ्क्रमणका करिब १५ हजार जना नयाँ संक्रमित भेटिएको पनि यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो । यहाँका ३५ लाखभन्दा बढी नागरिक निको भएर घर फर्र्किएका छन् । 

कोरोना भाइरसबाट सबैभन्दा बढी सङ्क्रमित हुनेमा अमेरिका र भारतपछि ब्राजिल पर्दछ । सबैभन्दा बढी सङ्क्रमित देशमध्ये दोस्रोमा पर्ने ब्राजिलभन्दा गत हप्तामात्र भारत विश्वमा अमेरिकापछि बढी संक्रमित हुने देशमा उक्लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x