तीन देशका कलाकारद्वारा चित्रमार्फत सिकाइ साटासाट

ज्ञानमाण्डू।नेपाल, भारत र बङ्गलादेशका चित्रकारहरूले एकै ठाउँमा बसेर अनुभव आदानप्रदान र सम्बन्ध विस्तार गरी चित्रमार्फत संस्कृति साटासाट गरेका छन् । काठमाडौँको नेपाल कला परिषद्मा भेला भएका उनीहरूले प्रत्यक्ष चित्रकला कार्यशालामार्फत संस्कृतिको आदानप्रदान गरेका हुन् । 

भारतबाट सहभागी ११, बङ्गलादेशबाट १० र नेपालका पाँच कलाकारका ६० भन्दा बढी चित्र प्रदर्शनीका क्रममा उनीहरूले शनिवार ‘कला डेमोस्ट्रेसन’ मार्फत एक अर्कामा सिकाइ हस्तान्तरण गरेका हुन् । अन्तर्राष्ट्रिय जलरङ समाज नेपालको संयोजनमा उक्त कार्यक्रम भएको थियो । समाजका अध्यक्ष एनवी गुरुङले कुनै पनि चित्र सम्बन्धित देशको प्रतिनिधित्व गर्ने प्रमुख माध्यम हुने भएकाले कलाकारलाई एक अर्काको संस्कृति बुझ्न र सिक्न सजिलो होस् भनेर कार्यक्रम आयोजना गरिएको बताए । 

उक्त कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको परम्परागत चित्रकला विभाग प्रमुख बुद्धि गुरुङ, कलाकार डिबी राई र दीपेन्द्रमान बनेपालीको सहभागिता थियो ।त्यस्तै, भारतबाट अमलेस मजुम्दार र बङ्गलादेशबाट असन अहमदले सहभागिता जनाएका थिए । नेपाली कलाकारले नेपालको सम्पदा, रहनसहन र पर्यटकीय क्षेत्रलाई आधार मानेर जलरङमार्फत कला सिर्जना गरेका थिए । भारतबाट मजुम्दारले कल्पनामा आधारित ग्रामीण बस्ती र बङ्गलादेशका अहमदले आफ्नै देशको पदमार्गमा रहेको मन्दिरसहितको दृश्यलाई उतारेका थिए । 

यसरी सामूहिक चित्रकला कार्यशाला हुँदा नयाँ कलाकारलाई सिक्ने अवसर मिल्ने र पुराना कलाकारलाई एक अर्कामा अनुभव साटासाटको अवसर मिल्ने कला प्रदर्शनीमा भारतबाट सहभागी कलाकार अङ्कित देवा भौमिकले बताए । उनले काठमाडौँ कलाका दृष्टिकोणले अति नै सुन्दर भएकाले भारतका कलाकारले पशुपतिमा पुगेर पनि कला सिर्जना गरेको र आज आइतबार नगरकोट र भक्तपुरमा पुगेर चित्र बनाउने प्रतिक्रिया दिए । केही बङ्गलादेशी कलाकार भने कला सिर्जनाका लागि पोखरा गएका छन् ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x