प्रभु बैंककाे ‘प्रभु इजी फोरेक्स’ एप्लीकेशन, यस्ता छन् सुविधाहरू

ज्ञानमाण्डू।प्रभु बैङ्कले ‘प्रभु इजी फोरेक्स’ सञ्चालनमा ल्याएको छ । बैङ्कले वैदेशिक मुद्रा सटही सुविधालाई मोबाइल मार्फत अनलाइन आवेदन गर्न सकिने गरी उक्त एप्लीकेशन सञ्चालनमा ल्याएको हो ।
व्यस्त दैनिकीका बाबजुद पनि बैङ्कसम्मै पुगेर सटहीको आवेदन गरी वैदेशिक मुद्रा लिनु पर्ने बाध्यता रहेको अवस्थामा सबैलाई राहत होस भन्ने उद्देश्यले सो एप्लीकेशन भित्राएको जनाइएको छ ।
रोजगारी, व्यवसाय, पर्यटन तथा अन्य प्रयोजनका लागि हाल विदेश भ्रमण गर्नेको सङ्ख्या बढ्दो छ । जसका लागि प्रविधि मैत्री एप्लीकेशन ‘प्रभु इजी फोरेक्स’ उपयोगी हुने बैङ्कले विश्वास लिएको छ ।
‘प्रभु इजी फोरेक्स’ मोबाइल एप हाल प्ले स्टोरबाट सजिलै डाउनलोड गर्न सकिने छ भने एपल स्टोरमा समेत चाँडै उपलब्ध हुने बैङ्कले जनाएको छ । उक्त एप उपयोग गरी अनुकूल समयमा तोकिएका शाखा र काउन्टरबाट वैदेशिक मुद्रा सङ्कलन गर्न सकिने छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित बैङ्कको काउन्टरबाट समेत यो सुविधा उपलब्ध हुने प्रभु बैङ्कले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x