काममा कसरी रमाउने (How to Enjoy Your Job)

-उत्सव ढकाल

हामीले अनुभव गरेकै कुरा हो कि जो बेरोजगार छ उसले काम पाए त कति मेहनतसाथ काम गर्थे ! रातदिन नभनी काम गर्दै काममा रमाउँथे ! आदि आदि सोचाइ राख्छ भने काम पाएकाहरूले पनि आफ्नो कामको आनन्द लिन सकेका हुँदैनन् । मानव स्वभाव नै हो कि काम भएकाहरूले आफ्नो काममा भरपुर आनन्द लिनु भन्दा पनि यो काम त त्यति राम्रो छैन, फलानोको जस्तो काम भए पो काम गर्न पनि सजिलो, कामको पनि आनन्द हुन्थ्यो भन्ने सोचाइ राख्नु । यस्तै भावना र महसुसका कारण काम नपाउनेले कामको आनन्दको कल्पना गर्छ, काममा हुनेले सन्तोष लिन सक्दैन, सुपरभाइजरले मेरा सहकर्मीहरू त्यति प्रभावकारी तवरले काम गदैनन् भनी सहकर्मीहरूलाई दोष दिन्छन्, अनि सहकर्मीहरूले सुपरभाइजरलाई प्रभावकारी देख्दैनन् परिणामतः कम्पनीको कार्यसम्पादन मात्र घटिरहेको हुँदैन, आफ्नो कार्यसम्पादन पनि कमजोर भई रहेको हुन्छ । 

स्वाभाविक हो , कुनै पनि संस्थामा कार्यरत कर्मचारीहरू कार्य सम्पादनका दृष्टिकोणले सबै समान हुँदैनन् । कसैले कामलाई असाध्यै माया गर्छन्, काममा रमाउँछन् । कसैले कामलाई मात्र होइन काम दिने संस्थालाई अनि आफ्नो सुपरभाइजरलाई गाली गर्छन् यो भएन, उ भएन, आदि आदि । अनुसन्धानले देखाए अनुसार करिब ३० प्रतिशत कर्मचारीहरू आफ्नो काम र संस्थाप्रति अति समर्पित हुन्छन् जसलाई Actively Engaged Employee भन्ने गरिन्छ । यस्ता कर्मचारीहरूको प्रतिशत देशहरूपिच्छे फरक फरक हुनसक्छ । कुनै पनि कर्मचारी आफ्नो काममा कसरी रमाउन सक्छ, आफ्नो कामलाई कसरी आनन्दमय बनाउँदै आफ्नो कार्यसम्पादन प्रभावकारी बनाउन सक्छ भन्ने सम्बन्धमा विभिन्न कारण र तरिकाहरू हुन सक्छन् । यस सन्दर्भमा देहायका तरिकाहरूलाई यहाँ प्रस्तुत गर्ने प्रयास गरिएको छ ।
१. काम गर्ने स्थानलाई सिक्ने स्थलकोरुपमा पनि लिनुहोस् । (Treat Your Workplace as Learning Place)

मैले कुनै कम्पनीको काम गरिदिएको छु र मेरो काम मेरो सुपरभाइजरले जे भन्छ त्यही गर्ने हो भन्ने मानसिकतालाई त्यागी कामलाई आफ्नो सम्झने बानी बसाल्नुहोस्  किन कि कुनै पनि काममा दत्तचित्त भएर लाग्दा सो कामको अद्योपान्त आफूलाई थाहा हुन्छ र आफूमा अझ दक्षता बढ्दै जान्छ फलस्वरूप आफ्नो कामको उत्पादकत्व पनि बढ्छ । काम गर्दा अरू कुराहरू दिमागमा नखेलाउनु होस् यदि कुरा खेलाइयो भने काम बिग्रिने सम्भावना रहन्छ । यदि तपाइ आफ्नो तन र मन काममा लगाउनु भयो भने तपाइले आफूलाई Engaged Employee को रूपमा विकास गर्न  सक्नुहुन्छ । त्यस्तै काम गर्दा नयाँ तरिकाहरू अपनाउनु होस ताकि तपाइमा नयाँ सिपको थालनी र विकास हुन सकोस् ।

२. आफ्नो सुपरभाइजरलाई विश्वास गर्नुहोस् । (Trust Your Supervisor)

वास्तवमा कुनै कर्मचारीको सफलता असफलता निजको सुपरभाइजरमा पनि भर पर्दछ । सुपरभाइजरहरु आफू मातहतका कर्मचारीहरूको लागि अभिभावक जस्तै हुन् । आफ्नो मातहतका कर्मचारीहरूको कमीकमजोरी पत्ता लगाउँदै उनीहरूमा सीप र दक्षता विकास गराउने जिम्मा अभिभावकको हो । सुपरभाइजरको निर्देशन र अभिभावकत्वमा मातहतका कर्मचारीहरूले आफूलाई परिष्कृत र परिमार्जित गर्दै लैजानु पर्छ भने Employees don't leave jobs, they leave managers भन्ने भनाइलाई मनन गर्दै सुपरभाइजरले पनि आफू मातहतका कर्मचारीलाई विना भेदभाव असल र सद्रभावपूर्ण अभिभावकत्व प्रदान गर्नु पर्दछ । त्यस्तै मातहतका कर्मचारीले पनि श्रीमद् भागवतमा  ̎कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन ̎  भने झैँ आफ्नो अधिकार आफ्नो काम प्रभावकारी रूपमा सम्पादन गर्नु हो ,मेरो यसरी मूल्याङ्कन  गर उसो गर भनेर सुपरभाइजले गर्ने मूल्याङ्कन प्रभाव पार्नु होइन, राम्रो काम गरे राम्रो मूल्याङ्कन अवश्य हुन्छ भन्ने बुझेर सुपरभाइजरलाई विश्वास गरेर सुपरभाइजरको निर्देशनमा काम गर्नु पर्दछ । 
३. एकआपसमा साथीभाइको व्यवहार गर्नुहोस् । (Treat Your Co-workers/Customers as Friend)

यदि आफ्ना सहकर्मीहरूसँग साथीभाइजस्तो व्यवहार गरिन्छ भने कामकाजमा सहजता मात्र आउँदैन कि कामको आनन्द पनि आंउदछ । अनुसन्धानहरूले देखाए अनुसार संसारका ८५ प्रतिशत कामहरू कुनै न कुनैरुपमा People Dealing सँग सम्बन्धित हुन्छन् त्यसैले यदि तपाईँ अरूसँग घुलमिल गर्न मनपराउनुहुन्छ, अरूका आवश्यकता सुन्ने बुभm्ने गर्न चाहनुहुन्छ भने तपाइलाई पनि अरूले सुन्न बुभm्न चाहन्छन् फलस्वरूप साथीभाइ तथा ग्राहकहरूसँग सामन्जस्यता बढ्न पुग्दछ र तपाइले आफ्नो काम सहज र रमाइलो तवरले फत्ते गर्न सक्नुहुन्छ ।

४.महत्त्वपूर्ण काम पहिला सम्पादन गर्नुहोस् । (Put First Things First)

Stephen Covey ले अति प्रभावित व्यक्तिका ७ बानीहरू मध्ये महत्त्वपूर्ण काम पहिला सम्पादन गर्नुहोस् भन्ने पनि एक हो भनी यस सम्बन्धमा विवेचना गरेका छन् । यदि तपाइले सम्पादन गर्नुपर्ने कामहरूलाई महत्त्वका आधारमा सूचि बनाई सम्पादन गर्नुभयो भने तपाइले गरेको कामको तुरुन्त प्रभाव पर्न गै तपाइले गरेको कामहरूको महत्त्व दर्शिने मात्र नभै तपाइको सुपरभाइजरको नजरमा समेत तपाइ प्रभावकारीरुपमा काम सम्पादन गर्ने कर्मचारीकोरुपमा चिनिनु हुन्छ र तपाइलाई काममा आनन्द पनि आउँदछ । अतः काममा रमाउनका लागि महत्त्वपूर्ण काम पहिला सम्पादन गर्ने बानी बसाल्न आवश्यक देखिन्छ ।

५.आलोचनालाई स्विकार्नुहोस् । (Accept Criticism)

हामी आफ्नो कार्य सम्पादन गर्नेक्रममा कहिले अरूबाट प्रशंशित त कहिले आलोचित हुन पनि पुगिन्छ । आफूले गरेको कामको प्रशंसा भए त हामीलाई आनन्द आउँछ तर केही आलोचना अर्थात् सुझावात्मक टिप्पणी हुँदा पनि हामी सबैलाई त्यति राम्रो लाग्दैन । तर काममा आनन्द लिन र रमाउन आफ्ना सहकर्मी तथा ग्राहक लगायत सम्बन्धित कसैले टिप्पणी गरेमा पनि त्यसलाई सुझावकोरुपमा स्वीकार गर्न सकियो र त्यसको आधारमा आफ्ना कार्यशैलीमा सुधार गर्न सकियो भने अर्को पटकमा प्रशंशित हुन सकिन्छ भन्ने मान्यता राख्न आवश्यक छ । त्यसैले आफूले सम्पादन गरेका कामहरूको आधारमा प्रशंशित हुँदा मात्तिने र आलोचित हुँदा आत्तिने नगरी आलोचनालाई सुझावकोरुपमा आत्मसात गरी सोको आधारमा आगामी दिनमा कार्य सम्पादन सुधार गर्ने तिर लाग्ने हो भने काममा आनन्द लिन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0.00%
80.00%
20.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x