प्रभु बैङ्कको नाफा १ अर्ब १९ करोड रुपैयाँ, मूल्य आम्दानी अनुपात कति ?

प्रभु बैङ्कको नाफा ४.९२ प्रतिशतले घटेको छ । आ.व. २०७८/७९ को दोस्रो त्रैमास सम्ममा बैङ्कले १ अर्ब २६ करोड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को दोस्रो त्रैमास सम्ममा बैङ्कले १ अर्ब १९ करोड रुपैयाँ नाफा कमाएको देखिन्छ ।

२३ अर्ब ५४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको प्रभु बैङ्कले २ खर्ब ७० अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी २ खर्ब ४५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ९ अर्ब ८ करोड रुपैयाँ र सञ्चित मुनाफा ३६ करोड ४२ लाख रुपैयाँ रहेको छ ।

Click here to join Gyanmandu.com's Viber Community

बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २०.०३ प्रतिशतले बढेर ३ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैङ्कको वितरण योग्य मुनाफा ३६ करोड ४२ लाख रुपैयाँ रहेको छ ।

बैङ्कको निष्क्रिय कर्जा अनुपात १.९८ प्रतिशत र प्रतिशेयर आम्दानी १० रुपैयाँ १९ पैसा छ भने प्रतिशेयर नेटवर्थ १४० रुपैयाँ १२ पैसा र पछिल्लो कारोबार मूल्य रु २११ को आधारमा मूल्य आम्दानी अनुपात २०.७० गुणा रहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x