प्रभु इन्स्याेरेन्सले आज २७ औँ वार्षिक साधारण सभा गर्दै



प्रभु इन्स्याेरेन्स लिमिटेडले यही फाल्गुन २३ गते (आज) २७ औँ वार्षिक साधारण सभा गर्दै छ। कम्पनीले साधारण सभा प्रभु इन्स्याेरेन्स लिमिटेडको केन्द्रीय कार्यालय, प्रभु कम्प्लेक्स, तीनकुने, काठमाडौँमा बिहानको ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

सभाले सञ्चालक समितिको तर्फबाट पेस हुने वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यसै गरी लेखापरीक्षककाे  प्रतिवेदन सहितको आ.व  २०७८/०७९ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितका अनुसूचीहरू उपर छलफल गरी पारित गर्ने र आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।

त्यसै गरी सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम प्रस्तावित बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि २०७९ आषाढ मसान्तमा कायम चुक्ता पुँजीको ०.३५ प्रतिशतका दरले हुन आउने रकम रु. ४५ लाख ४७ हजार ९३० रुपैयाँ बराबरको नगद लाभांश वितरणको प्रस्ताव पनि पारित गर्ने छ ।

सो कम्पनीले भविष्यमा कुनै निर्जीवन बिमा कम्पनीहरूसँग एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्णय गर्न तथा तत् सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न, चल अचल सम्पत्ति र दायित्व मूल्याङ्कन गर्न मूल्याङ्कनकर्ता नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने तथा गाभ्ने/गाभिने सम्बन्धी अन्य आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने र यदि कुनै निर्जीवन बिमा कम्पनीसँग गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी कार्य सफल हुन नसकेमा नियमनकारी निकायले निर्धारण गरेको चुक्ता पुजी कायम गर्न सम्बन्धित निकायबाट स्वीकृति लिई आवश्यक मात्रामा हकप्रद शेयर निष्कासन गर्ने र सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सोही सभाले पारित गर्नेछ ।

कम्पनीले साधारण सभाको प्रयोजनको लागि फाल्गुन १२ गते एक दिनको लागि बुक क्लोज गरिसकेको छ । सो आधारमा फाल्गुन ११ गतेसम्म कायम शेयरधनीहरुले वार्षिक साधारण सभामा भाग लिन सक्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x