देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (सात महिनाको तथ्याङ्कमा आधारित)


नेपाल राष्ट्र बैङ्कको आर्थिक अनुसन्धान विभागले आर्थिक वर्ष २०७९/८० को सात महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रकाशित गरेको छ । उक्त प्रकाशित तथ्याङ्कका प्रमुख झलकहरू यस प्रकार रहेका छन् ।

  • वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.८८ प्रतिशत छ ।
  • आयात १९.९ प्रतिशतले, निर्यात २९ प्रतिशतले र कुल वस्तु व्यापार घाटा १८.७ प्रतिशतले घटेकाे छ ।
  • विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २७.१ प्रतिशत र अमेरिकी डलरमा १६.४ प्रतिशतले बढेकाे छ ।
  • शोधनान्तर स्थिति रु.१३३ अर्ब २१ करोडले बचतमा छ ।
  • कुल विदेशी विनिमय सञ्चिति रु.१३८३ अर्ब ३३ कराेड र अमेरिकी डलरमा १० अर्ब ५० करोड रहेको छ ।
  • सङ्घीय सरकारको खर्च रु.६६७ अर्ब ६६ करोड र राजस्व परिचालन रु.५१४ अर्ब ६९ करोड छ ।
  • विस्तृत मुद्राप्रदाय ४.७ प्रतिशतले बढेकाे छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ८.८ प्रतिशतले बढेको छ ।
  • बैङ्क तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन ५ प्रतिशतले बढेकाे छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.२ प्रतिशतले बढेको छ ।
  • वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १०.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाकाे वृद्धिदर ३.९ प्रतिशत छ ।
  • मर्जर तथा एक्वीजीसनले बैंक तथा वित्तीय संस्थाहरूको सङ्ख्या १२१ पुगेको छ भने शाखा सञ्जाल ११,६११ पुगेको छ।
  • कुल ७५३ स्थानीय तहमध्ये ७५२ तहमा वाणिज्य बैङ्कहरूका शाखा विस्तार भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x