सुनको मूल्यमा प्रतितोला ३ हजार ७०० रुपैयाँको गिरावट


नेपाली बजारमा सोमबार सुनको मूल्यमा गिरावट आएको छ। आज सुनको भाउ प्रतितोलामा ३,७०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सोमबार सुन प्रतितोला ३ लाख १३ हजार २०० रुपैयाँमा कारोबार भएको छ। हिजो आइतबार सुन तोलामा ३ लाख १६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला ६५ रुपैयाँले घट्दै ५ हजार ४१० रुपैयाँमा कायम भएको व्यवसायी महासङ्घले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x