नेपाल राष्ट्र बैङ्कले बैङ्किङ प्रणालीबाट ४० अर्ब तरलता तान्दै


बैङ्किङ प्रणालीमा बढ्दो तरलता नियन्त्रण गर्न नेपाल राष्ट्र बैङ्कले फेरि निक्षेप सङ्कलन उपकरण मार्फत रकम तान्ने भएको छ।

केन्द्रीय बैङ्कले आज चैत १५ गते ४० अर्ब रुपैयाँ बराबरको तरलता बैङ्किङ प्रणालीबाट खिच्ने तयारी गरेको हो।

यसका लागि आज दिउँसो ३ बजे अनलाइनमार्फत बोलकबोल प्रक्रिया सञ्चालन हुनेछ। निक्षेप दिन इच्छुक बैङ्क तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ देखि अधिकतम कुल आह्वान रकमभित्र ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी आवेदन दिन सक्नेछन्।

राष्ट्र बैङ्कका अनुसार बोलकबोल ब्याजदरमा आधारित हुनेछ र बहु ब्याजदरमा पनि प्रस्ताव पेस गर्न सकिनेछ। यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।

२१ दिन अवधिको यस निक्षेप सङ्कलन उपकरणको साँवा तथा ब्याज भुक्तानी आगामी वैशाख ६ गते गरिनेछ।

हाल कर्जाको माग न्यून रहँदा बैङ्किङ प्रणालीमा तरलता अत्यधिक रहेको छ। सोही कारण बैङ्क तथा वित्तीय संस्थाहरू करिब ३ प्रतिशत हाराहारीको न्यून ब्याजदरमै केन्द्रीय बैङ्कमा रकम राख्न बाध्य भइरहेको अवस्था देखिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x