धितोपत्र बजारमा ४.०५% को गिरावट, नेप्से २६९८.२५ को विन्दुमा



ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक भारि अङ्कले ऒरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११४ दशमलव ०२ अंकले घटेर २६९८ दशमलव २५ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक १९ दशमलव ५१ अंकले घटेर ५०६.२७ को विन्दुमा पुगेको छ ।



आज कूल २२५ कम्पनीका १ करोड ७३ लाख ३० हजार ५३८ कित्ता शेयर रु ८ अर्ब ४९ करोड ३४ लाख ०१ हजार ००९ मा खरिद बिक्री भए ।



कारोबार भएका कूल १३ उपसमूहको शेयर ऒरालो लागेको छ । बैंकिङ उपसमूह ५१ दशमलव ४६ अङ्कले घट्दा ट्रेडिङ उपसमूह १५६ दशमलव ९८ अङ्कले, होटल तथा पर्यटन उपसमूह १५८.१३ अङ्कले, विकास बैंक उपसमूह ३३२.३८ अङ्कले, जलविद्युत उपसमूह २२०.२९ अङ्कले, वित्त उपसमूह २२९.६९ अङ्कले, निर्जीवन बीमा ६१४.२१ अङ्कले, उत्पादन उपसमूह ९१.९६ अङ्कले, अन्य उपसमूह ७०.६१ अङ्कले, लघुवित्त उपसमूह १६२.३२ अङ्कले, जीवन बीमा उपसमूह ८००.०६ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव ४८ अङ्कले र लगानी उपसमूह ५ दशमलव २९ अङ्कले घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x