५०.६९ प्रतिशतले नाफा वृद्धि गर्न सफल नेपाल इन्भेष्टमेन्ट बैङ्कको लाभांश दिन सक्ने क्षमता कति ?

ज्ञानमाण्डू। नेपाल इन्भेष्टमेन्ट बैङ्कको नाफा ५०.६९ प्रतिशतले बढेकाे छ । आ.व. २०७६/७७ को चाैथाे त्रैमास सम्ममा बैङ्कले २ अर्ब ४२ कराेड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को चाैथाे त्रैमास सम्ममा बैंकले ३ अर्ब ६५ करोड रुपैयाँ माथि नाफा कमाएको देखिन्छ ।

१६ अर्ब ३५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको नेपाल इन्भेष्टमेन्ट बैङ्कले १ खर्ब ७४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५६ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा १६ अर्ब रुपैयाँ र संचित मुनाफा १ अर्ब ७५ कराेड रूपैयाँ रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ३.२० प्रतिशतले घटेर ५ अर्ब ५९ करोड रुपैयाँ पुगेकाे छ ।

त्यस्तै बैंङ्ककाे आ.व. २०७७/७८ काे वितरण याेग्य मुनाफा १ अर्ब ९९ कराेड रुपैयाँ रहेकाे छ अर्थात नेपाल इन्भेष्टमेन्ट बैङ्कले आफ्ना शेयरधनिहरूलाई आ.व. २०७७/७८ काे वितरण याेग्य मुनाफाबाट १२.४ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएकाे देखिन्छ ।

बैंककाे निष्कृय कर्जा अनुपात २.४६ प्रतिशत र प्रतिशेयर आम्दानी २२ रुपैयाँ ४६ पैसा छ भने प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ ४८ पैसा र पछिल्लाे काराेबार मूल्य रू ४६० काे आधारमा मूल्य आम्दानी अनुपात २०.५ गुणा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x