बिक्री खुलेकै दिन यूनियन लाइफ इन्स्योरेन्सको आईपीओमा मागभन्दा डेढ गुणा बढी आवेदन


ज्ञानमाण्डू।यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागि अषाढ २४ गतेदेखि बिक्री खुला गरेको प्राथमिक शेयर (आईपीओ)मा ८२ लाख ४७ हजार ८८० कित्ताका लागि आवेदन परेको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा बिक्री खुला भएको पहिलो दिन अर्थात अषाढ २४ गते बिहिबारका दिन कार्यालय समयसम्ममा ४ लाख ६१ हजार ३५६ जना आवेदकले ८२ करोड ४७ लाख ८८ हजार रुपैंया बराबरको ८२ लाख ४७ हजार ८८० कित्ता प्राथमिक शेयरका लागि आवेदन दिएका छन् ।

यसर्थ, इन्स्योरेन्सले सर्वसाधारणका लागि निष्काशनमा ल्याएको ५८ लाख ५ हजार कित्ता साधारण शेयरलाई आधार मान्दा कम्पनीको आईपीओमा बिहिबार कार्यालय समयसम्ममा मागभन्दा १ दशमलव ४२ गुणा बढी आवेदन परेको देखिन्छ।

यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो कूल जारी पूँजी २ अर्ब १५ करोड रुपैंयाको ३० प्रतिशतले हुन आउने ६४ करोड ५० लाख रुपैंया रकम बराबरको प्रति कित्ता रु. १००/- अंकितका दरले ६४ लाख ५० हजार कित्ता साधारण शेयर मध्ये ५% अर्थात् ३ लाख २२ हजार ५०० कित्ता शेयर कर्मचारीहरुलाई र ५% अर्थात् ३ लाख २२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषको लागि संरक्षण गरि, बाँकि रहने ५८ लाख ५ हजार कित्ता साधारण शेयर प्रारम्भिक सार्वजनिक निष्काशन गरेको हो।

कम्पनीको आईपीओमा छिटोमा अषाढ २८ गतेसम्ममा आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम ३२,२५० कित्तासम्मको लागि आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओमा लगानीकर्ताहरुले आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालय तथा मेरो शेयर, अनलाइन मार्फत पनि प्राथमिक शेयर(आईपीओ)का लागि आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

यस यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड संस्थालाइ ईक्रा नेपाल लिमिटेड, डिल्लीबजार, काठमाडौंले [ICRANP-IR] BBB" रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको (Moderate Degree of Safety Regarding Timely Servicing of Financial Obligations) जनाउँदछ । सो ग्रेडिङ्ग को वैधता अवधि एक बर्ष रहनेछ । ईक्रा नेपाल लिमिटेडले यस संस्थालाइ मिति : २०२१/०५/१७ मा क्रेडिट रेटिङ्ग ग्रेड प्रदान गरेको थियो ।

यस संस्थाको तत्काल चुक्ता पूँजी रु.१,५०५,०००,०००/- (अक्षरुपी एक अरब पचास करोड पचास लाख) रहेको छ । जसलाई प्रति शेयर रु.१००/- दरले १,५०,५०,०००/- (एक करोड पचास लाख पचास हजार) थान साधारण शेयरमा विभाजन गरिएको छ । प्रारम्भिक सार्वजनिक निष्काशन गरी साधारण शेयरको बाँडफाँड गरे पश्चात कम्पनीको चुक्ता पूँजी २,१५०,०००,०००/- (अक्षरुपी दुई अर्व प्रन्ध्र करोड रुपैया) हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x