लुम्बिनी जनरल इन्स्योरेन्सको साधारण सभा जेष्ठ २८ गते, बुक क्लोज कहिले ?



ज्ञानमाण्डू।लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी २०७८ साल जेष्ठ २८ गते, शुक्रबारका दिन १६ औँ वार्षिक साधारण सभा गर्ने भएको छ । इन्स्योरेन्सको सो सभा अपरान्ह ४:०० बजे पश्चात् भिडियो कन्फ्रेन्सको माध्यम मार्फत आरम्भ हुने लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले जानकारी दिएको छ। इन्स्योरेन्सको जेष्ठ २ गतेका दिन बसेको सञ्चालक समितिको २२१ औँ बैठकले गरेको निर्णय अनुसार उक्त सभाको मिति तय भएको हो ।

हालको कोभिड १९ को माहामारीको कारण नेपाल सरकारले जारी गरेको सुरक्षा मापदण्डको पूर्ण पालना गरी सभा सम्पन्न गर्नुपर्ने विशेष परिस्थितिका कारण लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले Virtual माध्यमबाट उक्त सभामा उपस्थित निमित्त आफ्नो मंतव्य राख्न चाहनुहुने शेयरधनीहरुले सभा संचालन हुनुभन्दा ४८ घण्टा अगावै कम्पनी सचिवको ईमेल ठेगाना: [email protected] मा आफ्नो नाम, सम्पर्क नं र डिम्याट नं टिपाई Meeting ID/Password माग गरि प्राप्त गर्न सक्नेछन्।

कम्पनीको वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिने छ । यसका साथै आर्थिक वर्ष २०७६/०७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गरिने एजेण्डा कम्पनीको रहेको छ । कम्पनीले आव २०७७/०७८ को लागि लेखापरिक्षकको नियुत्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिने लगायतका एजेण्डा कम्पनीको रहेको छ ।

विशेष प्रस्ताव तर्फ, सभामा कम्पनीले १०% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ५% बोनसशेयर र ५ % नगद लाभांश(बोनसशेयर र नगद लाभांशमा लाग्ने कर समेत ) वितरण गर्न लागेको हो ।

त्यस्तै विशेष प्रस्तावहरुमा, लुम्बिनी जनरल इन्स्योरेन्सले अन्य कुनै संस्थाहरुसंग एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने, केन्द्रिय कार्यालय स्थानान्तरण गर्न सञ्चालक समितिलाई अख्तियारी दिने तथा प्रवन्धपत्र र नियमावलीको संशोधनहरुमा नियमनकारी निकायहरुबाट कुनै फेरवदल, थपघट गर्न निर्देशन वा सुझाव भएमा सोही वमोजिम गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

१६ औँ वार्षिक साधारण सभा प्रयोजनका लागि लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले मिति २०७८/०२/१४ गतेका दिन, एक दिनका लागि संस्थाको शेयरधनी दर्ता किताब बन्द(बुक क्लोज) रहने जनाएको छ। यस अर्थ मिति २०७८/०२/१३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार भई प्रचलित कानून बमोजिम संस्थाको शेयर रजिष्ट्रारमा प्राप्त विवरणको आधारमा कायम शेयरधनीहरु मात्र वार्षिक साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x