धितोपत्र बजारमा ७ अर्ब २९ करोडमाथिको कारोबार, हेर्नुहोस् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरू


ज्ञानमाण्डू।धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक एकल अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १ दशमलव १३ अंकले बढेर २६५८ दशमलव ७४ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक १ दशमलव ०९ अंकले बढेर ४७१ दशमलव ८४ को विन्दुमा पुगेको छ ।


आज कूल २१२ कम्पनीका १ करोड ५८ लाख ५३ हजार ९९३ कित्ता शेयर रु ७ अर्ब २९ करोड ६७ लाख ६० हजार १५६ मा खरिद बिक्री भए । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३६ खर्ब ७२ अर्ब ५६ करोड ९८ लाख २० हजारको हाराहारी पुगेको छ ।


कारोबार भएका कूल १३ उपसमूह मध्ये छ उपसमूहको शेयर ऒरालो लागेको छ । बैंकिङ उपसमूह ११ दशमलव ७९ अङ्कले घट्दा  विकास बैंक १३.४२ अङ्कले, वित्त ०.९५ अङ्कले, निर्जीवन बीमा १०६.६१ अङ्कले, जीवन बीमा ३८.९६ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव ८६ अङ्कले घटेको छ। यता, ट्रेडिङ उपसमूह १३२ दशमलव ६५ अङ्कले बढ्दा होटल तथा पर्यटन उपसमूह ११४ दशमलव ८ अङ्कले, जलविद्धुत ४६.४९ अङ्कले,  उत्पादन २४.८ अङ्कले, अन्य उपसमूह ३३.०२ अङ्कले, लघुवित्त उपसमूह ३४.६३ अङ्कले र सामूहिक लागनी कोष शुन्य दशमलव ०५ अङ्कले घटेको छ। 



कारोवारको आधारमा आज अपर तामाकोशी शीर्ष स्थानमा रहेको छ । आज अपर तामाकोशीको ३४ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य धितोपत्र बजारमा आज ५ दशमलव ३४ प्रतिशतले बढेको छ । त्यस्तै, आइएमई जनरल इन्स्योरेन्स कम्पनीको ३१ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य धितोपत्र बजारमा आज १ दशमलव २२ प्रतिशतले घटेको छ ।

आज निफ्राको २८ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर मुल्य ४ रुपैयाँले घटेर ५ सय ७७ रुपैयाँ कायम भएको छ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको २५ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर मुल्य ६ दशमलव ५५ प्रतिशतले बढेको छ ।



आज सबैभन्दा धेरै एनआइसी एशिया लघुवित्तका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । राद्यी विद्युत कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् ।



त्यसैगरी आज सबैभन्दा धेरै गुर्खाज फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ९४ दशमलव १२ प्रतिशतका दरले गुमाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x