नेपाल फाईनान्सकाे हकप्रद शेयर आज देखि लिलामी मार्फत विक्रीका लागि खुला

Nepal Finance Limited

ज्ञानमाण्डू। नेपाल फाईनान्स लिमिटेडको संस्थापक शेयर साउन २३ गते (आज) देखि लिलामी मार्फत विक्रीका लागि खुला भएकाे छ।

लिलामी मार्फत विक्री हुन लागेकाे कम्पनीकाे ११ लाख ३४ हजार ७१६ दशमलव १८७ कित्ता शेयरकाे मूल्य प्रति कित्ता न्युनतम रु.१०० तोकिएको छ। यसअघि कम्पनीले असार १७ गतेदेखि २४ गतेसम्म ११ लाख ३६ हजार ७१६ दशमलव १८७ कित्ता संस्थापक तर्फको शेयर रहेको थियाे भने सर्वसाधारणतर्फको शेयर ३ लाख २ हजार ६९६ दशमलव ०८८ कित्ता रहेको थियो । कम्पनीले सो अवधिमा विक्री नभएको संस्थापक समूहको शेयर अहिले पुनः लिलामीमा विक्री गर्न लागेको कम्पनीले जनाएकाे छ ।

उक्त संस्थापक शेयरहरु खरीद गर्न इच्छुक विद्यमान संस्थापकहरु वा योग्य जो कोही व्यक्ति तथा संगठित संस्थाहरुले भदाै ६ गते सम्ममा बोलपत्र आवेदन पेश गर्न सक्ने कम्पनीले जनाएकाे छ।

बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले बताएकाे छ ।

इच्छुक आवेदकले नेपाल फाईनान्स लिमिटेडको केन्द्रिय कार्यालय कमलादी, बनेपा, माछापुच्छ्रे, लगनखेल, तिलोत्तमा शाखा कार्यालयहरु र प्रभु बैंक लिमिटेडको विराटनगर, विरगंज, पोखरा, नेपालगंज, सुर्खेत र धनगढी शाखा कार्यालयहरु बाट आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएकाे छ ।

यस कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x