ग्लोबल आइएमई बैंकद्वारा प्रदेश २ लाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि रु १० लाख सहयोग

ज्ञानमाण्डू। ग्लोबल आइएमई बैंकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश नं. २ को सरकारलाई १० लाख रुपैंया सहयोग गरेको छ । बुधबार बैंकको प्रदेश नं. २ प्रादेशिक कार्यालय प्रमुख निरज श्रेष्ठले प्रदेश नं. २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।


मुख्यमन्त्री राउतले कोरोना भाईरस (कोभिड –१९) विरुद्धको अभियानमा बैंकले गरेको यस सहयोग महत्वपूर्ण भएको उल्लेख गर्दै बैंकलाई धन्यवाद दिए । बैंकले, कोरोना भाईरसले नेपाल लगायत सम्पूर्ण विश्वलाई नै त्रसित बनाइरहेको अवस्थामा, यस योगदानबाट यो भाईरस विरुद्व लड्न थप प्रेरणा र सहयोग हुने विश्वास रहेको जनाएको छ ।

बैंकले स्थापनाकाल देखि नै दैवी तथा अन्य विपत्तीको अवस्थामा आफनो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ र आगामी दिनहरुमा समेत यस्तो सहयोग लाई निरन्तरता दिँदै जाने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x