नेपाल एसबिआई बैंकले आज देखि १०.२५% ब्याजदरमा ऋणपत्र निष्कासन गर्दै


ज्ञानमाण्डू। नेपाल एसबिआई बैंक लिमिटेडले ५ वर्ष अवधिकाे (नेपाल एसबिआई बैंक ऋणपत्र, २०८३) वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदरमा ऋणपत्र असार २२ गते (आज) देखि विक्रीका लागि खुला भएको छ । बैंकको अनुसार योग्य आवेदकले दिनुपर्ने न्यूनतम २५ कित्ता र अधिकतम १२ लाख कित्तासम्म दिन पाउने बैंकले जनाएकाे छ।

विक्री हुन लागेको कम्पनीको रु. ३ अर्ब बराबरको ३० लाख कित्ता शेयरको मूल्य प्रति कित्ता न्यूनतम रु.१००० तोकिएको छ। कुल कित्ता मध्ये ६० प्रतिशत अर्थात रु. १ अर्ब ८० करोड बराबरको १८ लाख कित्ता बैंक आफैले व्यक्तिगत तर्फबाट विक्री गर्नेछ भने बाँकी ४० प्रतिशत अर्थात रु. १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई विक्री गर्ने छ। विक्री गरिने ऋणपत्रमा कुनै पनि सामुहिक लगानी कोषले आवेदन दिएका छैनन् ।

सो कम्पनीको ऋणपत्र शेयरको निष्कासन बन्द हुने मिति (छिटोमा) असार २६ रहेको छ। उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा आवेदकले ढिलोमा साउन ४ गते सम्म आवेदन पेस गर्न सक्नेछन्।

बिऋी प्रबन्धक साथ-साथै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयहरू मार्फत पनि आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएकाे छ ।

यस कम्पनीको बिक्री प्रबन्धक सानिमा क्यापीटल लिमिटेड रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x