सूर्योदय वाेमी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



सूर्योदय वाेमी लघुवित्त वित्तीय संस्था लिमिटेडले यही वैशाख ३० गते एघारौँ वार्षिक साधारण सभा गर्ने भएको छ। कम्पनीले साधारण सभाको प्रयोजनको लागि वैशाख १४ गते देखि वैशाख ३० गते सम्मको लागि बुक क्लोज गर्ने जानकारी दिएको छ । सो आधारमा वैशाख १३ (आज सम्म) कायम शेयरधनीले वार्षिक साधारण सभामा भाग लिन सक्नेछन् । कम्पनीले साधारण सभा धुलिखेल लज रिसाेर्ट प्रा.लि.को सभा हल, धुलिखेल न.पा.-३, धुलिखेल, काभ्रेपलान्चोकमा बिहान ९:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

सभाले सञ्चालक समितिको तर्फबाट पेस हुने आर्थिक वर्ष (आ.व) २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यसै गरी लेखापरीक्षककाे प्रतिवेदन सहितको आ.व  २०७८/०७९ को वार्षिक विवरण उपर छलफल गरी पारित गर्ने, आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।

त्यसै गरी सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको १५ प्रतिशतका दरले हुन आउने रकम रु. ११ करोड ८७ लाख ९७ हजार ७१८ रुपैयाँ ५० पैसा बराबरको बोनस शेयर वितरणको प्रस्ताव पनि पारित गर्ने छ ।

त्यस्तै सभाले संस्थाको पुँजी संरचना परिवर्तन गरी संस्थापक शेयरको हिस्सा ७०.३६ प्रतिशत रहेको र सर्वसाधारण तर्फको शेयर हिस्सा २९.६४ प्रतिशत रहेकोले सर्वसाधारण तर्फको हिस्सा बढाई  ३० प्रतिशत पुर्‍याउनको लागि फरक रकमलाई पुनः सर्वसाधारणमा शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने छ ।

साथै सभाले कम्पनीको जारी पुँजीको ५१ प्रतिशत संस्थापक समूहको शेयर स्वामित्व र ४९ प्रतिशत सर्वसाधारण समूहको शेयर स्वामित्व हुने गरी पुँजी संरचना परिवर्तन गर्ने र सोही बमोजिम संस्थापक समूह र सर्वसाधारण समूहबाट सञ्चालकको प्रतिनिधित्व गर्ने व्यवस्था गर्ने प्रस्ताव पनि पारित गर्ने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x