नबिल बैंक र नेपाल बङ्गलादेश बैंककाे विशेष साधारण सभा जेष्ठ ७ गते, क-कसले भाग लिन पाउने?


ज्ञानमाण्डू। नबिल बैंक लिमिटेड र नेपाल बङ्गलादेश बैंक लिमिटेडले जेष्ठ ७ गते (आज) विशेष साधारण सभा गर्दै छन्। नबिल बैंकले विशेष साधारण सभा काठमाण्डाैँकाे गैह्रीधारा, सिल्भर ओक ब्याङक्वेट तथा इभेन्ट सेन्टरमा बिहान ११ बजे देखि आरम्भ हुने जानकारी दिएको छ भने नेपाल बङ्गलादेश बैंकले सोही समयमा अनलाइन (Zoom Cloud Meetings) को माध्यमबाट भच्र्युल रूपमा आरम्भ हुने जानकारी दिएको छ। कम्पनीहरूले साधारण सभाको प्रयोजनको लागि बैशाख ३० गते एक दिनका लागि बुक क्लोज गरिसकेका छन्। सो आधारमा बैशाख २९ गतेसम्म कायम शेयरधनीले विशेष साधारण सभामा भाग लिन सक्नेछन् ।

नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गर्ने विशेष प्रस्ताव विशेष साधारण सभाको बैंठकले पारित गर्नेछ । त्यसै गरी नेपाल बङ्गलादेश बैंकको १०० कित्ता शेयर बराबर उक्त कम्पनीका शेयरधनीहरुलाई नबिल बैंकको ४३ कित्ता(१ः०.४३) शेयर प्रदान गर्ने गरी नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गर्ने स्वीकृति पनि सोही विशेष साधारण सभाले पारित गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x