जलवायु जोखिम कम गर्न ग्रीन ट्याक्सोनोमीको मस्यौदा तर्जुमा कार्य जारी: राष्ट्र बैङ्क

नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक क्षेत्रभित्र जलवायु परिवर्तनको प्रभावलाई कम गरी ग्रीन फाइनान्सिङलाई प्रोत्साहन गर्न वित्तीय संस्थाहरूलाई ग्रीन ट्याक्सोनोमीको मस्यौदा तर्जुमा गर्ने कार्य गरिरहेको बताउनु भएको छ । बिहीबार काठमाडौँमा आयोजित लेखा पेशेवरहरूको दोस्रो सम्मेलनमा उहाँले विश्वमा देखिएको जलवायु परिवर्तनको प्रभाव आर्थिक क्षेत्रमा पनि पर्ने भन्दै आर्थिक तथा वित्तीय क्षेत्रमा पर्ने असरलाई कम गर्न नेपाल सरकारले मौद्रिक नीति मार्फत नै ग्रीन ट्याक्सोनोमिको मस्यौदा बनाएर काम गरिरहेको बताउनु भयो । 

‘यो आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति मार्फत ग्रीन फाइनान्सिङलाई प्रोत्साहन गर्नको लागि हरित बर्न निष्कासन गर्ने, ग्रीन बर्नलाई इस्यु गर्ने, खास गरी वित्तीय क्षेत्रभित्र जलवायु जोखिमको रिपोर्टिङ गर्ने लगायतका विषय समावेश गरेर ग्रीन ट्याक्सोनोमिको मस्यौदा तर्जुमा गर्ने कार्य हामीले अगाडि बढाइरहेका छौँ ।’ उहाँले ट्याक्सोनोमीसंग सम्बन्धित समस्यालाई नेपाल राष्ट्र बैङ्कले अन्तर्राष्ट्रिय स्तरमा भइरहेको अभ्यासमा भरोसा हुने गरी अन्तर्राष्ट्रिय निकायहरूको परामर्शमा काम गरिरहेको उल्लेख गर्नुभयो । 

ग्रीन ट्याक्सोनोमीको सबै डकुमेन्ट तयार भए पश्चात् वातावरणीय रूपमा दिगो मानिने आर्थिक गतिविधिहरू पहिचान गर्न स्ट्याण्डर्ड विकास गर्न, तथा फ्रेमवर्कको तर्जुमा गर्न सहयोग पुग्ने राष्ट्र बैङ्कको अपेक्षा रहेको उहाँले बताउनुभयो । त्यस्तै, गभर्नर अधिकारीले उक्त कार्यले वित्तीय क्षेत्रका कम्पनी तथा जलवायु परिवर्तनलाई न्यूनीकरण र स्रोत संरक्षण गर्न,प्रदूषण रोकथाम गर्न, तथा जैविक विविधता संरक्षण गर्ने जस्ता वातावरण संरक्षणका गतिविधि वा लगानीको मूल्याङ्कन गर्न साझा भाषा र मापदण्डको एक खालको सेट प्रदान गर्न सहयोग पुग्ने पनि बताउनुभयो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x