ग्लोबल आइएमई बैङ्कको नाफामा २२.९२ प्रतिशतको वृद्धि, अन्य सूचक कस्ता?


ग्लोबल आइएमई बैङ्कको नाफा २२.९२ प्रतिशतले बढेको छ । आ.व. २०८१/८२ को पहिलो त्रैमास सम्ममा बैङ्कले १ अर्ब ५१ करोड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०८२/८३ को पहिलो त्रैमास सम्ममा बैङ्कले १ अर्ब ८५ करोड रुपैयाँ नाफा कमाएको छ ।

३८ अर्ब ११ करोड रुपैयाँ चुक्ता पुँजी रहेको ग्लोबल आइएमई बैङ्कले ५ खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी ४ खर्ब २१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा २५ अर्ब ४५ करोड रुपैयाँ र सञ्चित मुनाफा ४ अर्ब ८४ करोड रुपैयाँ रहेको छ ।

बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ०.३४ प्रतिशतले बढेर ४ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैङ्कको कुल वितरण योग्य मुनाफा ४ अर्ब ८४ करोड रुपैयाँ रहेको छ ।

बैङ्कको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ५१ पैसा छ भने प्रतिशेयर नेटवर्थ १७९ रुपैयाँ ५० पैसा र पछिल्लो कारोबार मूल्य रु २३० को आधारमा मूल्य आम्दानी अनुपात ११.७८ गुणा रहेको छ ।

बैङ्कको निष्क्रिय कर्जा अनुपात ४.९८ प्रतिशत रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x