Gyanmandu.com

Infolinks ad

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

प्रदेशका जिल्लामा खेलकुदका पदाधिकारी नियुक्त

ज्ञानमाण्डू।बाग्मती प्रदेश खेलकुद विकास परिषद्ले १३ वटै जिल्लाका जिल्ला खेलकुद विकास समितिलाई पूर्णता दिँदै नेतृत्व चयन गरेको छ । परिषद्ले जिल्ला खेलकुद विकास समिति भक्तपुरको अध्यक्षमा श्रीभक्त काशीछवालाई नियुक्त गरेको बाग्मती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्य भण्डारीले जानकारी दिए । 

त्यसै गरी भक्तपुर समितिको सदस्यमा शैलेन्द्र श्रेष्ठ, सरोज थापा, आयुष्का थापामगर र केसरी प्रजापतिलाई नियुक्त गरेको उनले बताए । सदस्य सचिव भण्डारीले काठमाडौँमा अरुण बस्नेत, ललितपुरमा भरतप्रसाद पराजुली, काभ्रेमा मानवीर लामा, चितवनमा प्रह्लाद प्रधान, सिन्धुलीमा खड्ग रजन मगर, मकवानपुरमा सानु लामा, धादिङमा प्रताप सिङ तामाङ, रसुवामा दावा तामाङ, नुवाकोटमा बुद्धिमान तामाङ, रामेछापमा राजेश श्रेष्ठ, दोलखामा रोहित खड्का र सिन्धुपाल्चोकमा शिव देउजालाई जिल्ला अध्यक्षमा नियुक्त गरेको जानकारी दिए । 

सामाजिक विकाश मन्त्रालयअन्तर्गत रहेको बाग्मती प्रदेश खेलकुद विकास परिषद्को मङ्गलवार सम्पन्न बैठकले १३ वटै जिल्लाका खेलकुद विकास समितिलाई पूर्णता दिएको हो । त्यसै गरी वागमती प्रदेशअन्तर्गत रहेको बाग्मती प्रदेश खेलकुद विकास परिषद्ले सात वटै प्रदेश र बाग्मती प्रदेशमा पहिलो प्रदेशस्तरीय खेलकुद प्रतियोगिताको आयोजना गर्ने निर्णय गरेको छ । सदस्य सचिव भण्डारीले आगामी चैत २१ गतेदेखि साताव्यापी पहिलो प्रदेशस्तरीय खेलकुद प्रतियोगिता हेटौडा र चितवनमा आयोजना गर्ने जानकारी दिए ।रासस