मैत्रीपूर्ण खेलमा फ्रान्सको जित

ज्ञानमाण्डू।आईतबार राति भएको खेलमा फ्रान्सले बोलिभियालाई २–० गोल अन्तरले हराएको हो । पहिलो हाफमा नै दुवै गोल गर्दै फ्रान्सको जितमा एन्टोनी ग्रिजम्यान र थोमस लिमारले योगदान दिए ।

केलियन एम्बाप्पे चोट बोक्दै मैदान बाहिरिए पश्चात पहिलो हाफमै ठुलो झट्का बेहोरेको फ्रान्सले खेलको पाँचौ मिनेटमा नै लेमारको गोलबाट अग्रता बनाएको थियो। फ्रान्सले खेलको ४३ औं मिनेटमा ग्रिजमनको गोलबाट दोस्रो गोल थप्न सफल बन्यो । पहिलो हाफमै २–० गोलको अग्रता बनाएको फ्रान्सले दोस्रो हाफमा भने गोल गर्न सकेन । तुलनात्मक रुपमा दोस्रो हाफ राम्रो खेले पनि बोलिभियाले फ्रान्सविरुद्ध गोल गर्न सकेन । दोस्रो हाफमा थप गोल निस्कन नसक्दा विश्व च्याम्पियन फ्रान्स २–० ले विजयी हुन सफल भयो ।

फ्रान्स युरो कप छनोटको तथा बोलिभिया कोपा अमेरिका कपको तयारीमा छ । फ्रान्सले युरो छनोटमा ९ जुनमा टर्की तथा १२ जुनमा एन्डोरासँग खेल्दैछ ।