Gyanmandu LOGO

Reliable

ताजा

मेस्सी चुक्दा बार्सिलोनाको बराबरी

ज्ञानमाण्डू।युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत मङ्गलवार राति भएको खेलमा बार्सिलोनाले स्लाभिया प्राहासंग गोल रहित बराबरी खेल्दै अङ्क बाँडेको छ । बार्साको घरेलु मैदान नोउ क्याम्पमा भएको खेलामा प्रतिस्पर्धी दुवै टोलीले अन्तिम समयसम्म पनि गोल गर्न नसक्दा खेल गोल रहित बराबरीमा टुङ्गिएको थियो ।

खेलको ११औं मिनेटमा जेरार्ड पिकेको प्रहार बाहिरिँदा बार्सिलोना अग्रता लिनबाट चुकेको थियो ।३५औं मिनेटमा आर्टुरो भिडालको पासमा कप्तान लियोनेल मेस्सीको प्रहार क्रस बारमा लागेर बाहिरिँदा बार्सिलोना पुन अग्रता लिनबाट चुकेको थियो । ४३औं मिनेटमा भिडालको पासमा मेस्सीको प्रहार गोलरक्षक ओनरेज कोलारले सहजै बचाए । पहिलो हाफको इन्ज्युरी समयमा प्राहाले गोल गरे पनि गोलले मान्यता भने पाउन सकेन।

खेलको दोस्रो हफको ७८औं मिनेटमा अन्सु फातीको पासमा मेस्सीको प्रयास गोलरक्षकले विफल पारिदिए पस्चात्  बार्सिलोनाको हातबाट खेल चिफ्लिदै गएको थियो । इन्ज्युरी समयमा बार्सिलोनाले पएको मौका सदुपयोग हुन नसक्दा खेल गोल रहित बराबरीमा रोकियो ।

बराबरीसँगै बार्सिलोना समूह ‘एफ’ मा ४ खेलबाट ८ अङ्क जोडेर शीर्ष स्थानमा यथावत् छ । प्राहा २ अङ्क जोडेर पुछारमा छ । 

IME