Gyanmandu LOGO

Reliable

ताजा

करातेमा नेपालकी सुनितालाई स्वर्ण

ज्ञानमाण्डू।१३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत करातेमा नेपालकी सुनिता महर्जनले स्वर्ण जितेकी छिन् ।

महिला कुमुतेको ६८ केजी तौल समूहमा सुनिताले स्वर्ण जितेकी हुन् । सुनिताले पाकिस्तानी खेलाडी कुल्सुमलाई ८-२ अङ्कले पराजित गर्दै जीत निश्चित पारेकी हुन् । सोही प्रतिस्पर्धामा बङ्गलादेश र श्रीलङ्काले कांस्य जितेका छन् । । 

त्यस्तै, यता पुरुष ७५ केजी कुमुतेमा नेपालका गङ्गाराम कुसुवारले रजत जितेका छन् । फाइनलमा गङ्गाराम पाकिस्तानसँग ८-० ले पराजित भएका हुन् । 

IME