Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title


मुगुको गमगढीमा ग्लोबल आइएमई बैंकको नयाँ शाखा

ज्ञानमाण्डू। ग्लोबल आइएमई बैंक लिमिटेडले बिहीबार मुगु जिल्लाको छाँयानाथ गाँउपालिका वडा नं. २, गमगढीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको शुरुवातसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २५८ पुगेको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर, राजश्व संकलन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले ७१ वटा जिल्लामा फैलिएको २५८ शाखा सञ्जाल सहित २३४ एटिएम, ३९ एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, २०३ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्र्पक कार्यालय मार्फत आफ्ना २० लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

Global IME Bank


Sunrise Bank

Ad Below News Title

Ad After News Content

Bottom News Content

Bottom News Content