Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

आइएमई पे ले ल्यायो दसैँको किनमेलमा तीस प्रतिशत क्यास ब्याक अफर

ज्ञानमाण्डू।आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रर्विद्र्घत 'आइएमई पे’ ले दसैँको अवसरमा गरिने किनमेललाई ध्यानमा राख्दै आइएमई पे मोबाइल वालेट मार्फत गरिने भुक्तानीमा तीस (३०) प्रतिशत क्यास ब्याकको अफर सार्वजनिक गरेको छ ।

किराना, किनुमन, ठूलो डट कम, काठमाडौं अग्र्यानिक, सोचेको डट कम र नेपमेड्सका आउटडेटेडबाट विक्री हुने आवश्यक सामानहरू जस्तैः– औषधी, तरकारी, फलफुल र नयाँ लत्ताकपडा खरिदको भुक्तानीमा यस्तो अफर सार्वजनिक गरिएको हो । यो अफर २५ असोजबाट शुरू भइ कार्तिक ७ गतेसम्म कायम हुने कम्पनीले जनाएको  छ ।

यो अफरसँगै कोरोना भाइरस (कोभिड–१९) को बढ्दो प्रभाव र अपनाउनुपर्ने सूरक्षा सतर्कता अन्तर्गत सामाजिक र भौतिक दूरी कायम गर्न आम उपभोक्तालाई सहज हुने विश्वास कम्पनीले लिएको यस प्रेस विज्ञप्तिद्वारा जनाएको छ । 

Ad Below News Title

Ad After News Content

Bottom News Content

IME

Enjoy Your Study

GME