Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

पिपुल्स हाइड्रोपावरले आइपिओ निष्काशन गर्ने, सानिमा क्यापिटल विक्री प्रबन्धक नियुक्त

ज्ञानमाण्डू।पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण शेयर अर्थात् आइपिओ निष्काशन गर्ने भएको छ । यस हाइड्रोपावर कम्पनीले प्रति शेयर एक सय रूपैयाँ अंकित दरको ८२ करोड ५० लाख रुपैयाँ बराबरको ८२ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने निर्णय गरेको छ ।

दुई अर्व ७५ करोड रुपैयाँ जारी पूँजी मध्ये ८२ करोड ५० लाख रुपैयाँ बराबरको शेयर कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानियवासी तथा सर्वसाधारण लगानीकर्तामा निष्काशन गर्न लागेको हाे ।

पिपुल्स हाइड्रोपावर कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ।उक्त सम्झौता पत्रमा सानिमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसे र पिपुल्स हाइड्रोपावरको तर्फबाट प्रवन्ध निर्देशक केशव वहादुर रायमाझीले हस्ताक्षर गरे ।

पिपुल्स हाईड्रोपावर कम्पनी लिमिटेड कम्पनी ऐन, २०६३ बमोजिम २०६४ साल आश्विन २२ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा प्रा.लि. को रुपमा दर्ता भई २०७५ फाल्गुण १५गते देखि पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको कम्पनी हो । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले लमजुङ्ग जिल्लामा ५४ मेगावाटको सुपर दोर्दी जलविद्युत आयोजना ‘ख’ निर्माण गरिरहेको जनाएको छ ।

Sunrise Bank

Ad Below News Title

Ad After News Content

IME

Enjoy Your Study

GME