Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

मेगा बैंकबाट रिक्सा चालकहरुलाई रिक्सा नै धितो राखी कर्जा दिने सुविधा

ज्ञानमाण्डू।मेगा बैंक नेपाल लिमिटेडले अटो रिक्सा खरिद गरी आफै सञ्चालन गर्ने चालकहरुका लागि विशेष सुविधा ल्याएको जानकारी दिएको छ ।

मेगा बैंक र हन्सराज हुलासचन्द एण्ड कम्पनीबीच तीन पांग्रे अटो रिक्सा खरिद गरी आफै सञ्चालन गर्ने चालकहरुका लागि रिक्सा नै धितो राखी कर्जा दिने सम्झौता भएको मेगा बैंकले जनाएको छ । सम्झौतामा मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र हन्सराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडका सञ्चालक अभिमन्यू गोल्छाले हस्ताक्षर गर्नुभएको बैंकले जनाएको छ ।

 
विपन्न तथा न्यून आय भएका रिक्सा चालकहरुलाई उद्यमी बनाउने उद्देश्यले यो सम्झौता गरिएको बैंकले जानकारी दिएको छ । रिक्सा चालकहरुले आफ्नै स्वामित्वमा तीन पाङग्रे अटो रिक्सा खरिद गरी आफै सञ्चालन गर्नुपर्ने बैंकले जनाएको छ । त्यसका लागि सोही रिक्सा धितो राखे पुग्ने बैंकले उल्लेख गरेको छ ।

मेगा बैंककी सिइओ खुञ्जेलीले अटो रिक्सा खरिद गरी आर्थिक उपार्जन गर्न चाहने न्यून आय भएका धेरै भन्दा धेरै व्यक्तिहरुलाई देशभरका शाखा कार्यालयबाट छिटोछरितो ढंगले सर्वसुलभ व्याजदरमा कर्जा उपलब्ध गराइने बताउनुभयो ।

नेपाल राष्ट्र बैंकको विपन्न वर्ग कर्जा निर्देशिका तथा बैंकको सरल कर्जा एवं सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही अटो रिक्सा खरिद गरी सञ्चालन गर्न चाहने चालकहरुलाई मेगा बैंकले यो कर्जा प्रदान गर्ने व्यहोरा मेगा बैंक नेपालले यस प्रेस विज्ञप्तिद्वारा जानकारी दिएको छ ।

Ad Below News Title

Mega Bank

Ad After News Content