Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

ad mana

धितोपत्र बजारमा गिरावट, नेप्से २९६८.४३ को विन्दुमा



ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक एकल अङ्कले ऒरलो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १ दशमलव २९ अंकले घटेर २९६८ दशमलव ४३ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक शुन्य दशमलव ५८ अंकले घटेर ५४१ दशमलव १२ को विन्दुमा पुगेको छ ।
 
आज कूल २२३ कम्पनीका २ करोड ०३ लाख ६५ हजार ६९९ कित्ता शेयर रु १० अर्ब ९० करोड ४९ लाख ५८ हजार ९३५ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूह मध्ये होटल तथा पर्यटन ३६ दशमलव ६ अङ्कले बढ्दा विकास बैंक ९४ दशमलव २५ अङ्कले, वित्त ३३.६६ अङ्कले, निर्जीवन बीमा ५२.९८ अङ्कले, अन्य उपसमूह २६.७२ अङ्कले र जीवन बीमा १५.०५ अङ्कले बढेको छ । यता, बैंकिङ उपसमूह १० दशमलव ६ अङ्कले घढ्दा ट्रेडिङ उपसमूह १४ दशमलव ६७ अङ्कले, जलविद्युत् उपसमूह २.९५ अङ्कले, उत्पादन ११.८४ अङ्कले, लघुवित्त ६४.७४ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव ०४ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव २१ अङ्कले घटेका छन्।

slc share training