Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

ad mana

कामना सेवा विकास बैङ्कको आकर्षक लाभांश प्रस्ताव, हेर्नुस् कति दिँदै छ बोनस र नगद लाभांश




ज्ञानमाण्डू।कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७८ साल आश्विन ७ गते, बिहिबारका दिन बसेको सञ्चालक समितिको ३१५ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७७/०७८ सम्मको संचित मुनाफा तथा बैङ्कको अन्य वितरणयोग्य कोषहरुबाट हाल कायम शेयरधनीहरुलाई १९.४७ प्रतिशतले हुन आउने लाभांश(कर समेत) वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

बैङ्कको सञ्चालक समितिको बैठकले आ. व. २०७७/०७८ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजी २ अर्ब ६५ करोड १९ लाख ६३ हजार ७३१ रुपैयाँ ५९ पैसाको १८.५ प्रतिशतले हुन आउने रकम बोनस शेयर तथा सोको कर प्रयोजनार्थ ०.९७ प्रतिशतले हुन आउने रकम बराबरको नगद लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले प्राप्त गर्ने कामना सेवा विकास बैंक लिमिटेडले जानकारी दिएको छ ।

प्रस्तावित लाभांश गत वर्षको तुलनामा बढेको हो । आर्थिक वर्ष २०७६/७७ मा कामना सेवा विकास बैंक लिमिटेडले ४.४ प्रतिशतले हुन आउने रकम बोनस शेयर र ०.२३ प्रतिशतले हुन आउने रकम नगद लाभांश स्वरूप आफ्ना शेयरधनीहरुलाई वितरण गरेको थियो ।


infolink

admana

Mega Bank

slc share training