Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

ad mana

सुनको मूल्यमा वृद्धि, चाँदी तोलाको कति ?



ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असाेज १९ गते, मङ्गलबारका दिन छापावाला सुनको मूल्य तोलाको ९० हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ८ सय ५० रुपैयाँ तोकिएको छ ।

अघिल्लो कारोबारी दिन अर्थात साेमबार असाेज १८ गतेका दिन, छापावाला सुन प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ८९ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

मङ्गलबार सुनको मूल्यमा वृद्धि हुँदा चाँदीको मूल्य भने यथावत रहेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार १ सय ६० रुपैयाँमा किनबेच हुँदैछ ।

infolink

admana

Mega Bank

slc share training