Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Global IME Bank

Bizbazar

ad mana

कर्मचारीहरूको तलब, भत्तामा वाणिज्य बैङ्कहरूद्वारा २८ अर्ब अधिक खर्च, कुन बैङ्कको कति ? | Commercial Banks

salary of commercial banks in nepal

ज्ञानमाण्डू। चालु आर्थिक वर्ष २०७८/७९ को ६ महिनाको अवधिमा नेपालका २७ वाणिज्य बैङ्कहरूले आफ्ना कर्मचारीहरूको तलब, भत्ता र सुविधामा २८ अर्ब अधिक रुपैयाँ खर्च गरेका छन् । समीक्षा अवधिमा नेपालका वाणिज्य बैङ्कहरूले औसतमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.०९ प्रतिशत खर्च वृद्धि गर्दै जम्मा २८ अर्ब २२ करोड रुपैयाँ आफ्ना कर्मचारीहरूको तलब, भत्ता र सुविधामा खर्च गरेका छन् । गत वर्षको सोही अवधिमा वाणिज्य बैङ्कहरूको यस्तो खर्च २३ अर्ब ९० करोड रुपैयाँ रहेको थियो ।

पुष मसान्तसम्म २८ अर्ब अधिक रुपैयाँ खर्च गरेका २७ वाणिज्य बैङ्कहरूले आफ्ना कर्मचारीहरूको तलब, भत्ता र सुविधाका निम्ति औसतमा १ अर्ब ४ करोड रुपैयाँ खर्च गरेको देखिएको छ । यस अवधिमा ११ वटा बैङ्कले औसत भन्दा बढी खर्च गरेका छन् भने १६ यस्ता बैङ्कको खर्च औसत भन्दा कम रहेको देखिएको छ ।
salary of commercial banks of nepal
वाणिज्य बैङ्कहरू मध्ये एनआईसी एशिया बैङ्कले पुष मसान्तसम्ममा सर्वाधिक १ अर्ब ८६ करोड रुपैयाँ कर्मचारीको तलब, भत्ता र सुविधामा खर्च गरेको देखिन्छ भने सोही शीर्षकमा गरिएको खर्चका आधारमा कर्मचारीहरूको ठुलो सङ्ख्या रहेको ग्लोबल आइएमई बैङ्कले १ अर्ब ७३ करोड रुपैयाँ खर्च गरेको देखिन्छ।

त्यस्तै, चालु आर्थिक वर्ष २०७८/७९ को ६ महिनाको अवधिमा सरकारी स्वामित्व भएको राष्ट्रिय वाणिज्य बैङ्कले १ अर्ब ६१ करोड रुपैयाँ खर्च गरेको छ भने वाणिज्य बैङ्कहरू मध्येको लिडर बैङ्क मानिने नबिल बैङ्कले १ अर्ब ५१ करोड रुपैयाँ खर्च गर्दा कृषि विकास बैङ्कले १ अर्ब ५० करोड रुपैयाँ कर्मचारीको तलब, भत्ता र सुविधामा खर्च गरेको तथ्याङ्कले देखाएको छ।
त्यसै गरी प्रभु बैङ्कले १ अर्ब ४६ करोड रुपैयाँ, सिद्धार्थ बैङ्कले १ अर्ब ३५ करोड रुपैयाँ, नेपाल बैङ्कले १ अर्ब २९ करोड रुपैयाँ, एनएमबी बैङ्कले १ अर्ब २९ करोड रुपैयाँ, कुमारी बैङ्कले १ अर्ब २७ करोड रुपैयाँ र मेगा बैङ्कले १ अर्ब ५ करोड रुपैयाँ खर्च गरी अर्ब भन्दा अधिक रकम आफ्ना कर्मचारीहरूको तलब, भत्ता र सुविधामा खर्च गर्ने वाणिज्य बैङ्कहरू भएका छन् ।

यता, चालु आर्थिक वर्ष २०७८/७९ को ६ महिनाको अवधिमा २७ वाणिज्य बैङ्कहरू मध्ये कर्मचारीको तलब, भत्ता र सुविधा शीर्षकमा सर्वाधिक कम खर्च गर्ने वाणिज्य बैङ्क सेञ्चुरी कमर्सियल बैङ्क रहेको छ। उक्त बैङ्कले समीक्षा अवधिमा ५८ करोड ३२ लाख रुपैयाँ रकम कर्मचारीको तलब, भत्ता र सुविधामा खर्च गरेको छ।

अस्वीकरण (डिस्क्लेमर): सार्वजनिक रूपमा उपलब्ध तथ्याङ्कबाट गरिएको यो विश्लेषण शैक्षिक उद्देश्यको लागि मात्र हो। यस पोस्टको सामग्री स्टक ट्रेडिंग उद्देश्यको लागि सख्त रूपमा निषेध गरिएको छ।

Ad Below News Title

Ad Inside News Content2

Energy Line

slc share training