Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Global IME Bank

Bizbazar

ad mana

सुनको मूल्यमा गिरावट आउँदा चाँदीको मूल्य कति ?



ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार फागुन १३ गते, शुक्रबारका दिन छापावाला सुनको मूल्य तोलाको ९८ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
अघिल्लो कारोबार दिन अर्थात विहीबार फागुन १२ गतेका दिन, छापावाला सुन प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार सुनको मूल्यमा गिरावट हुँदा चाँदीको मूल्य पनि सामान्य रकमले अाेरालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार ३ सय ३५ रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबार दिन विहीबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा २० रुपैयाँले घटेको देख्न सकिन्छ ।

Ad Below News Title

Ad Inside News Content2

Energy Line

slc share training