Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Global IME Bank

Bizbazar

ad mana

मेराेमाइक्राेफाइनान्स लघुवित्तकाे नाफा ३४ करोड १५ लाख, प्रतिशेयर आम्दानी कति ?


ज्ञानमाण्डू। आ.व. २०७७/७८ को तेस्राे त्रैमास सम्ममा मेराेमाइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २९ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को तेस्राे त्रैमास सम्ममा लघुवित्तले ३४ करोड १५ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

१अर्ब २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको मेराेमाइक्राेफाइनान्स लघुवित्तले १६ अर्ब २४ करोड २३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, मेराेमाइक्राेफाइनान्स लघुवित्तले १० अर्ब ९९ करोड ७६ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा ७२ करोड ४९ लाख रुपैयाँ रहेको छ।

मेराेमाइक्राेफाइनान्स लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ४१.५६ प्रतिशतले बढेर ८० करोड ९१ लाख रुपैयाँ पुगेको छ । लघुवित्तमा निष्क्रिय कर्जा अनुपात ३.८८ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ९५ पैसा रहेको छ ।

Ad Below News Title

Ad Inside News Content2

Energy Line

slc share training