Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Global IME Bank

Bizbazar

ad mana

धितोपत्र बजारमा दोहोरो अङ्ककाे गिरावट, नेप्से २२७५.६८ को विन्दुमा | NEPSE



ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३७ दशमलव ०६ अंकले घटेर २२३८ दशमलव ६२ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ४ दशमलव ३४ अंकले घटेर ४३२ दशमलव ५५ को विन्दुमा पुगेको छ ।

आज कूल २३२ कम्पनीहरूका ४६ लाख ७४ हजार ९४० कित्ता शेयर रु १ अर्ब ६५ करोड ४५ लाख ६१ हजार ४७२ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहहरू घटेका छन् । बैंकिङ उपसमूह १६ अङ्कले घट्दा ट्रेडिङ उपसमूह ४९ दशमलव ४९ अङ्कले, होटल तथा पर्यटन उपसमूह ५९.१३ अङ्कले, विकास बैंक उपसमूह ८८.४४ अङ्कले, जलविद्युत उपसमूह ६६.८१ अङ्कले, वित्त उपसमूह ४८.१९ अङ्कले, निर्जीवन बीमा २६५.४२ अङ्कले, उत्पादन उपसमूह ५६.२६ अङ्कले, अन्य उपसमूह २०.२८ अङ्कले, लघुवित्त उपसमूह ७३.३७ अङ्कले, जीवन बीमा उपसमूह २६०.१५ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव १३ अङ्कले र लगानी उपसमूह १.६२ अङ्कले घटेका छन् ।

Ad Below News Title

Ad Inside News Content2

Energy Line

slc share training