Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Global IME Bank

Bizbazar

ad mana

सुनको मूल्यमा वृद्धि, चाँदी तोलाको कति ?



ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार जेठ २० गते, शुक्रबारका दिन छापावाला सुनको मूल्य तोलाको ९८ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ तोकिएको छ ।
अघिल्लो कारोबारी दिन अर्थात विहीबार जेठ १९ गतेका दिन, छापावाला सुन प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार सुनको मूल्यमा वृद्धि हुँदा चाँदीको मूल्य पनि उकालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय ९० रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबारी दिन विहीबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा २५ रुपैयाँले बढेको देख्न सकिन्छ ।

Ad Below News Title

Ad Inside News Content2

Admana

Energy Line

slc share training

below content